logo
२०८० चैत्र १५ बिहीवार



पकिस्तानका बाबर आजम आईसीसीको ‘प्लेयर अफ द् मन्थ’ चुनिए

क्रिकेट |
खेलकुद |


पकिस्तानका बाबर आजम आईसीसीको ‘प्लेयर अफ द् मन्थ’ चुनिए
तस्विर-आईसीसी


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २७ गते । पाकिस्तान क्रिकेट टोलिका कप्तान एवम् ब्याट्सम्यान बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को प्लेयर अफ द् मन्थ चुनिनुभएको छ । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल, पाकिस्तानका बाबर र फखार जमाम आईसीसीको प्लेयर अफ द् मन्थको मनोनयनमा पर्नुभएको थियो । आईसीसीले प्रशंसकको दश प्रतिशत मतदान र ९० प्रतिशत चयन समितिले दिएको अङ्कको आधारमा सबैभन्दा बढी अङ्क ल्याएका बाबरलाई प्लेयर अफ द् मन्थको उपाधि दिएको हो ।
आईसीसी सोमबार चयन समितिको निर्णय सार्बजनिक गर्दै पाकिस्तानका बाबरलाई प्लेयर अफ द् मन्थ चुनेको हो । २६ वर्षीय बाबरले अप्रिल महिनामा तीन अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा एक शतकसहित २२८ रन बनाउनुभएको थियो । त्यसैगरी, उहाँले पाँच टी ट्वान्टीमा एक शतकसहित ३०५ रन बनाउनुभएको थियो । गत् अप्रिल महिनामा नै उहाँले अन्तर्राष्ट्रिय एकदिवसीयको विश्व वरीयतामा शीर्ष स्थानमा उक्लिन सफल हुनुभयो ।
नेपालका २४ वर्षीय कुशल भुर्तेलले गत् अप्रिल महिनामा आफ्नो डेब्यु प्रतियोगितामै लगातार तीन अद्र्धशतक लगाएर विश्व कीर्तिमान बनाउनुभएको थियो । उहाँले पाँच टी ट्वान्टी खेलबाट २७८ रन बनाउनुभएको थियो । नेदरल्याण्ड्स, मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी प्रतियोगितामा उहाँको विष्फोटक ब्याटिङको जगमा नेपालले उपाधि हात पारेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?