logo
२०८० चैत्र १६ शुक्रवार



काेराेना संक्रमणबाट १३९ मृतक थपिए

स्वास्थ्य |


काेराेना संक्रमणबाट १३९ मृतक थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २७ गते । नेपालमा कोरोनाभाइरसबाट दैनिक हुने मृत्यु नयाँ उचाईमा पुगेको छ । सोमबार कोरोना सङ्क्रमणबाट मृत्यु भएका १३९ जना मृतकको सूचीमा थपिएका छन् ।
यसअघि सबैभन्दा बढी आइतबार एकैदिन ८८ सङ्क्रमितको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोभिड १९ सङ्क्रमणबाट मृत्युपछि नेपाली सेनाले गरेको शव ब्यवस्थापन समेत जोड्दा १३९ जना मृतक थपिएको प्रष्ट्याएको छ । मन्त्रालयले आइतबार समेत ५२ जनाको चौबीस घण्टामा मृत्यु भएको र बाँकी ३६ जना छुट्न गएको बिवरणसहित ८८ जनाको मृत्यु भएको उल्लेख गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरसबाट हालसम्म तीन हजार ८५९ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?