logo
२०८१ बैशाख ११ मंगलवार

निषेधाज्ञाका बेला हुम्लामा धमाधम खाद्यान्न ढुवानी (फोटो फिचर)

प्रदेश |
फोटो फिचर |


2021-05-09-37119


राजन रावत

हुम्ला (सिमकोट), वैशाख २६ गते । जिल्लामा निषेधाज्ञा जारी रहेका बेला खाद्यान्न ढुवानी गर्न नीजि एयरलाईन्सहरुले दैनिक तेईससम्म उडान भर्न थालेका छन् । अत्याबश्यक बस्तु भित्र पर्ने खाद्यान्न ढुवानी निेषेधाज्ञाका बेला पनि गर्न पाउन सरकारको निर्णय अनुसार हवाई मार्गबाट सडक यातायात नजोडिएको हुम्ला जिल्लामा खाद्यान्न ढुवान्न ढुवानी धमाधम भएको हो ।

कोरोना त्रास बढी रहेका बेला नेपालगंज र सुर्खेतबाट खाद्यान्न ढुवानी सुरु भएपछि दैनिक तेइससम्म उडान हुन थालेको नागरिक उड्डाय प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले बताउनुभयो । बिमान स्थलबाट बाहिर ढुवानी नगर्ने सर्तमा खाद्यान्न ढुवानी सुरु भएको हो । हुम्लामा आगामी बैशाख २८ गते बेलुका राती १२ बजेसम्म निषेधाज्ञा जारी छ । सो अवधिभर हवाई मार्गबाट ढुवानी भएको खाद्यान्न बिमानस्थलमै राख्न एयरलाई कम्पनी राजी भएपछि खाद्यान्न ढुवानी सुरु भएको थियो । जिल्लामा खाद्यान्न समस्या नहोस भन्नका लागि निषेधाज्ञाका बिच खाद्यान्न ढुवानी सुरु भएको होे ।

वैशाख/जेठ महिनामा सधै जिल्लामा खाद्यान्न समस्या हुने गरेको बिगतलाई मध्यनजर राखि यसपाली निषेधाज्ञा सुरु भएपछि पनि खाद्यान्न ढुवानी सुरु गरिएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायव सुब्बा भरत अधिकारीका अनुसार हाल पाँच सय क्वीन्टल खाद्यान्न बिमानस्थलमा स्टक भएको छ । खाद्यान्न ढुवानी हुने क्रम जारी रहेको छ । खाद्यान्न सिता र तारा एयरका जहाजहरुले ढुवानी गरि रहेका छन् ।