logo
२०८१ बैशाख ६ बिहीवार



लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध पुन:अविश्वासकाे प्रस्ताव दर्ता

पढ्नै पर्ने |
राष्ट्रिय |
प्रदेश |


लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध पुन:अविश्वासकाे प्रस्ताव दर्ता


दीपक ज्ञवाली
बुटवल,बैशाख २६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेकपा (माओवादी केन्द्र), नेपाल काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । यस्तो प्रस्तावमा ४० जनाले हस्ताक्षर गरेको विपक्षी गठबन्धनले जनाएको छ ।
प्रस्तावमा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । जसमा नया“ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएका उनीहरुले जनाएका छन् ।
प्रस्तावमा प्रदेशसभाको विशेष अधिवेशन मागका लागि समावेदन समेत गरिएको छ ।
यसअघि बैशाख ६ मा पनि गठबन्दनका ४१ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वास प्रस्ताव सहित विशेष अधिवेशनका लागि समावेदन गरेका थिए । त्यसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ मा विशेष अधिवेशन बोलाउनुभएको थियो । विशेष अधिवेशनको कार्यसूची आइसकेपछि त्यसैदिन मुख्यमन्त्री शङ्कर पोखरेलले मुख्यमन्त्रीबाट राजिनामा दिएपछि विशेष अधिवेशन अन्त्य भएको थियो ।
विशेष अधिवेशन अन्त्य भएलगत्तै मुख्यमन्त्री पोखरेल उसैदिन पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
२ प्रदेश सभा सदस्यको राजीनामा र एक जनाले पार्टी परिवर्तनपछि हाल एमालेमा ३८ सभासद छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?