logo
२०८० चैत्र १६ शुक्रवार



‘अहिलेको खोपले यूके भेरियन्टलाई पनि काम गरेको बुझिएको छ’

पढ्नै पर्ने |
बिज्ञान |


‘अहिलेको खोपले यूके भेरियन्टलाई पनि काम गरेको बुझिएको छ’


बिष्णु पाण्डेय
काठमाडौं, वैशाख २२ गते । कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका मानिसमध्ये ७० देखि ८५ प्रतिशतमा मात्रै यो प्रभावकारी देखिएको माइक्रोबायोलोजिष्ट डा. प्रकाश घिमिरेले बताउनुभएको छ । भारत र चीनबाट आयातिक कोरोना भाइरस विरुद्धको दोस्रो डोज लगाएको तीन हप्ता नपुगुन्जेल खोपले पूर्ण रुपमा काम गर्छ नै भन्न नसकिने उहाँले बताउनुभएको छ ।
कोरोनाविरुद्धको खोप लगाएँ भन्दैमा कोरोना सङ्क्रमण नै हुँदैन भन्ने सोच्नु गलत रहेको उहाँको दावी छ । गोरखापत्र अनलाइनसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले प्रयोगमा आएको भ्याक्सिन सुरुमा चीनको वुहान शहरबाट देखापरेको भाइरसको लागि बनेको भए पनि अहिले देखापरेको यूके भेरीएन्टमा पनि यसले काम गरेको बुझिएको उहाँले बताउनुभयो ।
ब्राजिलियन र साउथ अफ्रिकन भाइरस परिवर्तन भएपछि परीवर्तित भाइरसको लागि कत्तिको काम गर्छ भन्ने आफूहरूसँग कुनै तथ्य ,तथ्याङ्क नभएको पनि उहाँले जानकारी दिनुभयो ।
“कोरोना सङ्क्रमण भएपछि श्वासप्रश्वासका क्रममा खकारमा , नाकमा त्यो भाइरस देखिने हो, भ्याक्सिन लगाउने मान्छेले भ्याक्सिन लगाइसकेपछि त्यो लाइभ भाइरस हुँदैन, यो लाइभ भ्याक्सिन होइन त्यसकारण कोरोना खोप लगाउनै वित्तिकै पिसीआर चेक गराउँदा कोरोना पोजेटिभ देखिन्छ भन्न् गलत हो” डा. घिमिरेले भन्नुभयो । “यो भाइरस आरएनए हो, कुनै कुनै भाइरस फैलिदै जाँदा कम सङ्क्रामक हुँदै जान्छन् भने कुनै अझ बढी सङ्क्रामक हुँदै जान्छन् , अहिलेको भाइरस झनै सङ्क्रामक भएर आयो” उहाँले थप्नुभयो ।
उहाँका अनुसार यो भाइरसको संक्रमण अबधि यति नै हुन्छ भन्न सकिने अवस्था छैन । यो भाइरसलाई परास्त गर्न मानिसले भाइरसको सम्पर्कमा नआउनु नै हाे उहाँले बताउनुभयो । आइहाले पनिभाइरससँग लढ्न सक्ने क्षमता विकास गर्नु नै मुख्य कुरा रहेकोमा डा. घिमिरेको जोड छ । स्वास्थ्य सुरक्षका मापदण्डहरु पूर्णरुपमा पालना गर्दा पनि भाइरसको सङ्क्रमणलाई रोक्न सकिनेमा उहाँको जोड छ ।
लकडाउन नै कोरोना भाइरस रोकथामको एकमात्र विकल्प नभएको भन्दै लकडाउन गरेर तयारीका अरु विकल्प खोज्नुपर्ने उहाँले बताउनुभयो । अहिले संसारमा आठ किसिमका भाइरसहरु प्रसारणमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?