logo
२०८० चैत्र १६ शुक्रवार



चीनबाट अक्सिजन सिलिण्डर ल्याउने प्रक्रिया अन्तिम चरणमा, २० हजार तत्काल ल्याइने

पढ्नै पर्ने |
राष्ट्रिय |


चीनबाट अक्सिजन सिलिण्डर ल्याउने प्रक्रिया अन्तिम चरणमा, २० हजार तत्काल ल्याइने
सांकेतिक तस्विर


छेटु शेर्पा

काठमाडौं, वैशाख २१ गते । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या बडेसँगै अक्सिजनका सिलिण्डर अभाव शुरु भएपछि अन्य मुलुकबाट सिलिण्डर खरिद प्रक्रिया अघि बढाएको छ । सरकारले ५० हजार अक्सिजनका खाली सिलिण्डर खरिद गर्ने निर्णय निर्णय गरे छि चीनबाट २० हजार खाली सिलिण्डर तत्काल ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम अघि बढाएको छ ।

सङ्क्रमितको ग्राफ दैनिकजसो बढ्दो क्रममा रहेपछि अक्सिजन सिलिण्डर अभाव हुन नदिन भन्दै मन्त्रालयले सोमबार नै चिनियाँ दुतावासलाई सिलिण्डरमा हुनुपर्ने विवरण र भल्व लागयतका बनावटको बारे जानकारी गराई सकेको मन्त्रालयका प्रवक्ता  प्रा.डा.जागेश्वर गौतमले बताउनुभयो । हामीले जानकारी दिइसकेका छौ सोही अनुसार चीनले नेपाललाई मिल्ने प्रकारका सिलिण्डर उपलब्ध गराउने प्रक्रिया शुरु भएको छ केही दिनमानै सिलिण्डर नेपाल आउने उहाँले जानकारी दिनुभयो ।

अक्सिजनको उत्पादन नेपालमै पर्याप्त भए पनि सिलिण्डर अभावले गर्दा सङ्क्रमित विरामीहरुले अक्सिजन खान पाएका छैनन् । प्रवक्ता गौतमका अनुसार चीनबाट प्राप्त हुनसाथ १८ हजार स्थलमार्ग र दुई हजार सिलिण्डर हवाइमार्ग मार्फत ल्याउने तयारी थालेको समेत जानकारी दिनुभयो । सोमबार बसेको मन्त्रिपरिषद्ले अन्यदेशबाट ५० हजार अक्सिजनका खाली सिलिण्डर फास्ट ट्रेकबाट खरिद गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?