logo
२०८१ बैशाख ८ शनिवार

बुटवलमा अक्सिजन बैंक स्थापना,आबश्यक परे तत्काल उपलब्ध

राष्ट्रिय |
फोटो फिचर |


2021-05-04-36780


दीपक ज्ञवाली
बुटवल,वैशाख २१ गते । अक्सिजन सिडिण्डरको अभावले देशभर कोरोना सङ्क्रमितको उपचार प्रभावित भइरहेका बेला बुटवलमा अक्सिजन बैंक स्थापना भएको छ ।
यस्तो बैंकमा अक्सिजनसहितका सिलिण्डरको सङ्ग्रह हुनेछ । अत्यावश्यक अवस्थामा अक्सिजन उपलब्ध हुनेछ । स्थापनाकै दिन बैंकमा एक सय सिलिण्डर जम्मा भएका छन् ।
बुटवल उपमहानगरपालिकाले यस्तो बैंक स्थापना गरेको हो । मंगलबार उपमहानगर प्रमुख शिवराज सुवेदीले एक संक्षिप्त समारोहबीच उक्त सेवाको शुभारम्भ गर्नुभयो ।
उहाँका अनुसार होम आइसोलेसन,होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड सङ्क्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पु¥याउने छन् । अब कसैको उपचार अक्सिजनविना रोकिने छैन् ।
त्यसअवसरमा उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, स्वास्थ्य तथा जनसङ्ख्या महाशाखा प्रमुख मित्रमणि खनाल, स्वास्थ्य शाखाका उमा थापा, कार्यदलका सदस्यहरु एजाज आलम, सन्दीप कसौधन, बाबुराम बोहोरा, सुरज भट्टराई लगायतले प्रभावकारी सेवा प्रवाहमा जोड दिनुभयो ।

यस्तो बैंकमा एम्बुलेन्स, पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ । उपमहानगरले यस्तो सेवा नमुना भनेको छ । उपमहानगरले स्वास्थ्य तथा जनसङ्ख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादकसमक्ष छलफल गर्न, अक्सिजन सिलिण्डर संकलन गर्न, रिफिल गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीका अनुसार उक्त कार्यदलमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, औषधि व्यवसायी सङ्घका अगुवा सुरज भट्टराई, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, लायन्स क्लब एरिया ४ का सन्दीप कसौधनलगायत हुनुहुन्छ ।