logo
२०८० चैत्र १६ शुक्रवार

गाडीको चाप कम, १५ सय सवारी होल्ड, नागढुङ्गामा जाम छैन

खुला |
फोटो फिचर |


2021-04-29-36465
तस्बिर सुजन गुरूङ्ग 


दीपा चौधरी
काठमाडौँ, वैशाख १६ गते । काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएसँगै गाडीको चाप पनि कम भएको छ । अहिले थानकोट, कलङ्कीलगायत उपत्यकाको प्रमुख नाकामा सवारीको चाप कम भएको हो । निषेधाज्ञामा अटेर गरी सवारी चालउने उपत्यकाभरि मोटरसाइकल लगायत १५ सयभन्दा बढी गाडी होल्डमा रहेको ट्राफिक प्रहरी प्रवक्ता (एसएसपी) श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“जाम भएका कारण रातभर सडकमा बसेकाहरुलाई उपत्यकामा प्रवेश गर्न दिएका छौँ भने अत्यवाश्यक खाद्यन्नलगायत ट्रक, टिपर रातीको समयमा चल्नेछ अब उपत्यका प्रवेश गर्न बढीजसो मालबाहाक ट्रक बाँकी  छ ।” निषेधाज्ञा पालना गराउन प्रत्येक चोकमा प्रहरी परिचालन भएको उहाँले बताउनुभयो ।
निषेधाज्ञासँगै भित्री सडकहरुमा तुलनात्मक रुपमा गाडीहरु कम चलेका छन् । काठमाडौँ भित्रिने मुख्य नाका नागढुङ्गामा विहानको समयमा गाडीको चाप बढी रहेकाले गाडीको पास नभए पनि उपत्यका प्रवेश गर्न दिइएको प्रवक्ता अधिकारीको भनाई छ ।
उहाँका अनुसार उपत्यका भित्रिने र बाहिरीनेको सङ्ख्या अब छैन । आवतजावत पूर्णरुपमा बन्द रहेको छ । धादिङको धार्के नजिक गाडी बिग्रिएकाले विहान सडक जाम भएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

तस्बिर सुजन गुरूङ्ग