logo
२०८१ बैशाख १२ बुधवार

  मन्त्रिपरिषद् निर्णय  



सरकारी कार्यालयमा न्यूनतम् कर्मचारी र घरबाटै काम गर्ने वातावरण मिलाउन निर्देशन

पढ्नै पर्ने |


सरकारी कार्यालयमा न्यूनतम् कर्मचारी र  घरबाटै काम गर्ने वातावरण मिलाउन निर्देशन
सांकेतिक तस्बीर


गाेरखापत्र अनलाइन

काठमाडौं, वैशाख १५ गते । सरकारले निषेधाज्ञा अवधिभर सरकारी कार्यालयमा न्यूनतम् कर्मचारी उपस्थित हुने र अन्य कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।
बुधबार दिउँसो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले सो जानकारी दिनुभएको हो ।
सोमबार बसेको मन्त्रिवपरिषद् बैठकले निषेध आदेश भएका जिल्लाका सरकारी र सार्वजनिक कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालयका प्रमुखले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम सुचारु राख्ने व्यवस्था मिलाउनुपर्ने निर्देशन दिएको छ ।
त्यस्तै घरबाटै गर्न सकिने कामको हकमा ‘वर्क फर्म हाेम  को व्यवस्था गर्न पनि मन्त्रिपरिषद् बैठकले निर्णय दिएको छ । साथै पालोमा अनुपस्थित हुने कर्मचारीको हकमा सम्बन्धित कार्यालय प्रमुखले कोभिड काज जनाउनुपर्ने सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?