logo
२०८१ बैशाख १३ बिहीवार



निषेधाज्ञाका विषयमा छलफल भएको हो, निर्णय भएको छैन : प्रजिअ निरौला

राष्ट्रिय |


निषेधाज्ञाका विषयमा छलफल भएको हो, निर्णय भएको छैन : प्रजिअ निरौला


मुकुन्द गैरे
काठमाडौं, वैशाख १३ गते । कोरोना सङ्क्रमणको बढ्दो अवस्थालाई दृष्टिगत गरेर काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायबीच बैठक जारी छ । काठमाडौं जिल्ला प्रशासनको कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमण रोकथामको आगामी रणनीति अपनाउने विषयमा छलफल जारी छ ।

वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । उक्त विषयमा छलफल भए पनि बैठक जारी रहेकोले निर्णयमा भने नपुगिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गोरखापत्र अनलाइन जानकारी दिनुभयो ।

तर अहिले बसेको बैठकले कोरोना रोकथामको विषयमा केही निर्णय भने लिने उहाँले बताउनुभयो । सार्वजनिक र निजी सवारी साधन बन्द गर्ने विषयमा पनि छलफल भएको छ । यसै गरी छलफल आज टुङ्गोमा पुग्याे भने ‘होटल-रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने चल्न पाउनेछन् । अत्यावश्यक एम्बुलेन्स, शव वाहन, दमकललगायतका गाडी चल्नेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप