logo
२०८० चैत्र १६ शुक्रवार



जाजरकोटका ४३ वटा वनमा डढेलो, जैविक विविधता मासिँदै

प्रदेश |


जाजरकोटका ४३ वटा वनमा डढेलो, जैविक विविधता मासिँदै
ः कुशे ५ ढिमे को वाँझविसाउनी सामुदायिक वनमा लागेको आगो । तस्बिर. सहदेव बस्नेत


सहदेव बस्नेत,
जाजरकोट, वैशाख ६ गते । जाजरकोटका ३८ सामुदायिक वन र तीन वटा राष्ट्रिय वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र राष्ट्रिय वन डढेलोले सखाप पारेको छ ।
बन कार्यालयका निमित्त डिभिजन प्रमुख चित्रन शर्माले डढेलोको कारण वन क्षेत्र यतिबेला उजाड भएको बताउनुभयो । वनमा लागेको डढेलो विवरण सङ्कलन तथा जानकारी लिन कर्मचारी डढेला भएको क्षेत्रमा खटाइएको निमित्त डिभिजन प्रमुख शर्माले जानकारी दिनुभएको छ ।
जिल्लामा कति हेक्टर क्षेत्रफल वनमा आगलागी भयो भन्ने विषयमा डिभिजन वन कार्यालयले तथ्याङ्क लिने काम गरीरहेको जनाएको छ । प्रारम्भिक विवरण अनुसार एक हजार २ सय हेक्टरभन्दा बढी वनक्षेत्रमा आगलागी भएको अनुमान गरिएको प्रमुख शर्माले बताउनु भएको छ ।
जाजरकोटमा २ सय ९० सामुदायिक वन छन् । स्थानीयको असावधानीका कारणले वन क्षेत्रमा वर्सेनि आगलागीका घटना भइरहेका छन् । आगलागीका कारण छेडागाड नगरपालिकामा १२ वटा, शिवालय गाउँपालिकामा ९ वटा, जुनीचाँदे गाउँपालिकामा ५ वटा छन ।
त्यस्तै कुशे गाउँपालिकामा ३ वटा, भेरी नगरपालिकामा ३, बारेकोट गाउँपालिकामा ३ वटा र नलगाड नगरपालिकामा ५ वटा सामुदायिक वन तथा तीन वटा राष्ट्रिय वनमा आगलागी भएको छ । लामो खडेरीसँगै सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।
वनमा जथाभावी डढेलो नलगाउँन विभिन्न सूचना तथा सञ्चार माध्यममार्फत आग्रह गर्दा पनि रोक्न नसकेको शर्माको भनाइ छ । स्थानीयले राम्रो घाँस पलाउने भन्दै वनमा डढेलो लगाउने गरेको नलगाड–१० का वडा अध्यक्ष भद्रबहादुर ध्यारले बताउनुभयो ।
डढेलोका कारण वन्यजन्तु, दुलर्भ पन्क्षीहरुको बासस्थान नष्ट हुनुको साथै वन्यजन्तु र पन्क्षीले डढेलोमा ज्यान गुमाएका छन् । पालुवा पलाउदै गरेका ससाना बाेट बिरुवा जडिवुटी पनि आगोले सखाप पारेको छ ।
गतवर्षको तुलनामा यसवर्ष धेरै वनक्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । वनमा लागेको ढडेलोका कारण चार दिन अघि नलगाड–८ को मंसिरी नलगाड–३ चाउलेचौर, भेरी नगरपालिका–२ डिङ्गाको थामा लगाएतका ठाउँमा घर, गोठ जलेका छन ।
आगलागी हुन नदिन र आगलागी भएका स्थानमा नियन्त्रणका लागि स्थानीय सामुदायिक वन उपभोक्ताहरु नै जागरुक भएर लाग्नुपर्ने वन कार्यालयको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?