logo
२०८१ बैशाख ६ बिहीवार



अन्नपूर्ण हिमालकोे यो सिजनको पहिलो आरोहण सफल

पढ्नै पर्ने |
पर्यटन |


अन्नपूर्ण हिमालकोे यो सिजनको पहिलो आरोहण सफल


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३ गते । आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको यो सिजनको पहिलो सफल आरोहण गरेको छ । आधारशिविरबाट सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले करिव ३० जना बढी आरोहीले हिमालको सफल आरोहण गरेको जानकारी दिनुभयो । यो सफल आरोहण यो सिजनकै पहिलो हो ।

सेभेन समिट ट्रेक्सका गाइड लाक्पा डेन्डी शेर्पा सहितको टोली चुचुरोमा पुगेको जनाएको छ । बाँकी आरोहीको नामवली प्राप्त भएको छैन । अन्नपुर्ण आरोहणका लागि यो सिजनमा चार आरोहण दलबाट ४४ जना आरोहीले अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?