logo
२०८१ बैशाख १३ बिहीवार



महानगरपालिकाभित्रका विद्यालयमा कसैलाइ सङ्क्रमण भए एक हप्ताका लागि बन्द

फिचर |
पढ्नै पर्ने |


महानगरपालिकाभित्रका विद्यालयमा कसैलाइ सङ्क्रमण भए एक हप्ताका लागि बन्द


काठमाडौं, वैशाख २ गते । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा कसैलाइ सङ्क्रमण भए एक हप्ताका लागि बन्द हुने भएको छ ।
शिक्षा अधिकारीद्वारा जारी विज्ञप्तिमा महानगरपालिकाभित्रका कुनै पनि विद्यालयका विद्यार्थी वा शिक्षकमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएमा अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द हुने जनाइएको छ ।
काठमाडौं महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो ।
‘काठमाडौं महानगरपालिका प्रमुख स्तरको वैशाख २ गतेको निर्णय अनुसार कोभिड–१९ सङ्क्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना सङ्क्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सञ्चालन गराउनु,’ शिक्षा अधिकारी रामप्रसाद सुवेदीले भन्नुभयो,‘त्यस्तो अवस्था नभएका विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने, सेनिटाइजरको प्रयोग गर्न अनुरोध छ ।’
यसैगरी स्वास्थय तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्न शिक्षा अधिकारी सुवेदीले आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?