logo
२०८० चैत्र १६ शुक्रवार

तस्बिरमा यस्तो देखियो सिन्दूर जात्रा

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-04-15-35550
तस्बिर : मनाेजरत्न शाही/ सुजन गुरूङ


काठमाडौँ, वैशाख २ गते । भक्तपुरको मध्यपुर थिमिमा सिन्दूर जात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दूर जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक जात्रा हो ।
बिस्केट (बिस्काः) जात्राको अवसर पारेर मनाइने ३२ खटको सिन्दुर जात्रा मनाइन्छ । देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहिआएको छ ।

जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर, फूल छर्केर स्वागत गर्ने प्रचलन छ । जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दूर (अबिर) दलेर नगर परिक्रमा गर्ने परम्परा छ ।

जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन छ । कोरोना महामारीका कारण गतवर्ष भने सिन्दूर जात्रा रोकिएको थियो ।

तस्बिर : मनाेजरत्न शाही/ सुजन गुरूङ