logo
२०८१ बैशाख ८ शनिवार

  दृश्य समाचार  



हतियारकाे राजनीति छोडेर कुखुरापालन

पढ्नै पर्ने |


हतियारकाे राजनीति छोडेर कुखुरापालन


प्रतीक इच्छुक शर्मा 
सल्यान, चैत १५ गते । पछिल्नो समय राजनीतिक दलमा आवद्ध व्यक्ति आय आर्जनमा नलाग्ने तर घर व्यवहार राम्रै किसिमले चलाउने गरेको सर्वत्र गुनासो सुन्न पाइन्छ । राजनीतिक दलमा आबद्ध नेताहरुको जीवनशैली भने उच्च कोटीको देखिन्छ । नेताहरुले व्यवसायिक बनेर मात्र सेवा गर्न सकिन्छ भनेर सल्यान दार्मा गाउँपालिका ३ का मोहन देवकोटाले भने व्यावसायिक कुखुरापालन सञ्चालन गरी आम्दानी गरिरहनुभएको छ ।
कुनै समय विप्लव समूहको जिल्ला जनसरकार प्रमुख भएर जिम्मेवारी पूरा गरेका दार्मा गाउँपालिका–३ फारुलाका मोहन देवकोटा अहिले व्यावसायिक कुखरापालनमा सक्रिय रहनुभएको छ । कुनै समय राजनीति सबथोक हो भनेर भूमिगत भएका मोहन अहिले भने गाउँमै बसरे व्यवसायिक कुखुरा फर्म सञ्चालन गरिरहनुभएको छ । गाउँघरमा स्थानीय जातको कुखुराको माग भएपछि व्यवसायिक रुपमा कुखुरापालन थालनी गरिएको छ ।
गएको एक वर्षदेखि देवकोटा पशुपंक्षी फर्म दर्ता गरेर अहिले व्यवसायिक कुखुरापालन गरिएको छ । दश लाख बरावरको लगानी भएको फर्ममा एक हजार सातसय कुखुरा रहेका छन् । कुखुरा विक्रीबाट मासिक ५० हजारभन्दा बढी कमाई भैरहेको छ । यसै वर्षभित्र १० हजार कुखुरापालन गर्ने सोच भएको बताएका छन् । स्थानीय जातका कुखुरा भएकाले बजारमा सहजै विक्री हुने गरेको छ ।
राजनीति सेवा भन्ने मान्यताका साथ व्यावसायिक रुपमा सक्रिय रहेका मोहन देवकोटाको सिको अन्य दलका नेता कार्यकर्ताले गर्नु उपयुक्त देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?