logo
२०८१ बैशाख ६ बिहीवार



महिला हिंसा बढ्दै, औसत दैनिक सात महिला बलात्कृत

पढ्नै पर्ने |
राष्ट्रिय |


महिला हिंसा बढ्दै, औसत दैनिक सात महिला बलात्कृत


दीपा चौधरी
काठमाडौँ, चैत २५ गते । विगत १० वर्षको तथ्याङ्कमा नेपालमा महिला हिंसा बढेको देखिएको छ । यस अवधिमा १७ हजार ७८० महिला तथा बालिका बलात्कृत भएका छन् । नेपालमा प्रत्येक वर्ष औसत २० प्रतिशतका दरले बलात्कारका घटना बढेको देखिएको छ ।
नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा दुई हजार १४४ वटा बलात्कार र ६८७ वटा बलात्कार प्रयासका घटनाको उजुरी दर्ता भएको देखिन्छ । कोरोना महामारीको समयमा २०७६ चैतदेखि २०७७ भदौसम्म देशभर एकहजार २२१ जनामाथि बलात्कार भएको छ । औसत दैनिक सात जना महिला बलात्कृत भएका छन् ।
यसैगरी, अनौपचारिक क्षेत्र सेवा केन्द्र–इन्सेकको महिला तथा बालिकामाथि भएको हिंसासम्बन्धी अध्ययन प्रतिवेदन महिला हिंसा यो वर्ष बढेको उल्लेख छ ।
तथ्याङ्क अनुसार सन् २०१८ मा सात को हाराहारीमा बलात्कारका घटना भएकोमा सन् २०२० को अगस्टसम्म दोब्बर घटना भएको देखिएको छ । यस वर्ष एक हजार चारसय भन्दा बढी महिला तथा बालिकामाथि बलात्कार भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।
यसैगरी, ओरेक नेपालको अभिलेख अनुसार अघिल्लो आर्थिक वर्ष मा १४३ वटा बलात्कार र १८ वटा बलात्कार प्रयासको घटना अभिलेखन भएकोमा यस वर्षे भदौसम्म मात्रै १७८ वटा बलात्कार र ४० वटा बलात्कार प्रयासका घटना भएका छन् ।
यसले नेपालमा महिला मानवअधिकार हनन्को भयानक अवस्थालाई चित्रण गर्दछ । शारीरिक, मानसिक, यौनजन्य यातना, विभेद, असमानता र अन्यायका कारण महिला हिंसा बढेको देखिएको यस क्षेत्रमा क्रियाशील व्यक्तिहरूकाे भनाइ छ ।
कतिपय कानुनी व्यवस्थाले समेत महिलाको हैसियतलाई समान बनाउन नसकेको महिला अधिकारकर्मी डा.रेणु अधिकारीको भनाइ छ । उहाँका अनुसार नेपालमा ठूला राजनीतिक परिवर्तन भए पनि ती परिवर्तनलाई निर्णायक बिन्दुमा पु¥याउन आफ्नो तर्फबाट भूमिका निर्वाह गरेका महिलाहरूको जीवन र मर्यादामा उल्लेखनीय परिवर्तन आउन नसकेको हो ।
समाजमा व्याप्त पितृ सत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नी निर्माणको तहमा महिला ्रतिनिधित्वको न्यून सहभागिता जस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणको रूपमा रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपालमा यौन तथा महिला हिंसा धेरै छन्, महिला परिवारमा फोकस भएर बस्नुपर्ने र मानसिक तनावका कारणले लकडाउनमा हिंसा झन् बढेको हो ।’त्यस्तो समस्याको लागि नेपालमा विभिन्न हटलाइनहरु सञ्चालनमा छन् । यस्तै, महिला र पुरुषबीच विद्यमानंं सामाजिक विभेदका कारण महिलामाथि हिंसा भइरहेको मनोविमर्शकर्ता कञ्चन राउतको भनाइ छ ।
महिलामाथि हत्या, बलात्कार, यौन दुर्व्यवहार, अपहरण, बेचबिखन, कुटपिट गरी कुरुप बनाउने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने, गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहारले गरिने विभेद नै महिला हिंसा रहेको र यस्तो घटनाहरु दैनिकरुपमा हुने गरेको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?