logo
२०८१ बैशाख १३ बिहीवार



ढाडकाे दुःखाइ लगायतका रोगको उपचारमा मौरी थेरापी प्रभावकारी

पढ्नै पर्ने |
बिज्ञान |


ढाडकाे दुःखाइ लगायतका रोगको उपचारमा मौरी थेरापी प्रभावकारी


यलु जोशी
काठमाडौं, चैत १८ गते । ढाड दुखाइ तथा विभिन्न रोगको समस्यामा हुनुभएको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई मौरी थेरापी (एपि थेरापी) अचुक औषधि बनेको छ ।
विगत तीन वर्षदेखि मौरी थेरापीमा संलग्न उहाँलाई कुनै पनि स्वास्थ्यको समस्या परेमा थेरापी लिने र ठीक भएकाे दाबी गर्नुभयो । उहाँले भन्नुभयो, यो थेरापी जहिले गरिराख्नु पर्देन, स्वास्थ्यमा समस्या आयो भने मौरी थेरापी गर्छु निको भइहाल्छ ।
मंगलबार भएको तेस्रो अन्तर्राष्ट्रिय एपि थेरापी सम्मेलनमा नेता खनालले मौरी थेरापीबाट आफूलाई भएको लाभबारे सुनाउनुभयो । उहाँले आफ्नाे स्वास्थ्यको समस्याबारे डा. रत्न थापालाई भनेपछि मौरी थेरापी गर्नुपर्ने बताउनुभयो खनालले थप्नुभयो, हामीले अपनाउने विभिन्न उपचार विधिमध्ये मौरी थेरापी पनि राम्रो विधिको रूपमा सिद्ध भएको छ ।  कहिले ढाड दुख्ने, मसल पेन हुने आदिहरु हुने हुन्छ यी कुराको निम्ति मैले मौरी थेरापी गरे र यसले मलाई धेरै फाइदा पनि गरेको छ ।
खनाल मात्र होइन उहाँको परिवारका हरेक सदस्य मौरी थेरापी गराउनुहुन्छ र औपधि पनि सेवन गर्नुहुन्छ । मौरीको महबाट बनेको ‘बी व्रेड’ र ‘प्रोपोलिक्स’ नाम दुईवटा औषधि प्रयोग गरिरहेको र यसले शरीरलाई धेरै फाइदा भएको उहाँले धारणा ब्यक्त गर्नुभयो ।
बी व्रेडले शरीरलाई स्वस्थकर बनाउने तथा प्रोपोलिसले रोग निरोधक शक्तिलाई अभिबृद्धि गर्ने तथा यसले एन्टिवायोटिकको भूमिका पनि खेल्छ । कतिपय चोटपटक लागेको ठाउँहरुमा या, संक्रमण भएको ठाउँमा पनि प्रोपोलिक्सको लाभदायक हुन्छ । मौरी थेरापी र यसबाट उत्पादित बस्तुकाे सेवनपछि रोगको निको हुने विश्वास ब्यक्त गर्नुभयो । शरीरको भित्री भागहरुको सङ्क्रमण हुने समयमा प्रोपोलिक्सले एन्टी वायोटिकभन्दा पनि राम्रो काम गर्छ ।
यो कुराको बारेमा सम्पूर्ण नेपाली जनताले थाहा पाउन र यसलाई प्रयोग गर्न जरुरी रहेको पूर्वप्रधानमन्त्री खनालले बताउँदै मौरीको महत्वबारे पनि जान्न जरुरी भएकाे बताउनुभयाे ।
उहाँको भन्नुभयो, बैज्ञानिक अल्र्वर्ट आइनस्टाइनका अनुसार मौरीले हाम्रो सम्पूर्ण सभ्यता शृङ्खलालाई ब्यबस्थित राख्न भूमिका खेलेको छ । चाहे मानव वा वनस्पति जीवन हो यसको उन्थान र विकासको लागि मौरीको निर्णायक भूमिका हुन्छ ।  मौरी संसारबाट लोप भयो भने चार वर्षभित्रमा सम्पूर्ण मानव सभ्यता र वनस्पतिको जीवन समाप्त हुन्छ त्यसैले प्रकृतिको संरक्षणको निम्ति पनि अत्यन्त महत्वपूर्ण जीव हो ।
मौरीको सुरक्षा र प्रवर्धन मानव जातिले नै गर्नुेपर्ने बताउँदै खनालले देशको वनस्पति र वनजङ्लको संरक्षण गर्न सक्यो त्यतिलै मौरीको पनि संरक्षण गर्न सकिने प्रष्ट पार्नुभयो । हामीले मौरीको महोत्वबारे बुझाउन सक्यो भने मात्र सिङ्गो समाजलाई फाइदा पुग्छ ।
मौरी प्रवद्धनको निम्ति सरकार आफै लाग्नुको साथै यसमा लगानी गर्नुपर्छ । मौरी पालन ब्यवसायलाई सरकारले भूमिका खेल्नुको साथै यसको ऐन बनाउनको निम्ति लाग्नुपर्ने उहाँको धारण छ ।
मौरी विज्ञान केन्द्रले आयोजना गरेको सो सम्मेलनमा मौरी र मौरीजन्य उत्पादनबाट विभिन्न रोगको उपचार गरिने जनाइएको छ । केन्द्रका प्रमुख डा.रत्न थापाले मौरी उपचार पद्धति सिकाउने र यसबाट हुने फाइदाको विषयमा जनचेतना जगाउने काम हुनुपर्ने जानकारी दिदै मह, कुट, कुटको चोप, विभेनम (मौरी विष) लगायतको प्रयोग गरी उपचार गरिने बताउनुभयो ।
थापाका अनुसार मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्ने, मानसिक रोगलगायतको उपचार गर्न सकिन्छ । रुघाखोकी र नसाको रोगका लागि खोटोबाट गर्न सकिन्छ भने मौरीको घारबाट नेभुलाइजर जडान गरी छाती र फोक्सोको उपचार गर्न सकिने उहाँले बताउनुभयो ।
यस्तै मौरीको टोकाइ विधिबाट स्तन क्यान्सरको समेत लाग्न नदिने अनुसन्धानले प्रमाणित भइरहेको जानकारी दिनुभयो । थापाले भन्नुभयो, “मौरीको घारमा आएको आवाज र त्यहाँ उत्पन्न रसायनको कारण शारीरिक स्वस्थतालाई मद्दत पुग्ने गर्छ ।” यसैगरी चाया, पोतो, चाउरीपना लगायतको उपचारका लागि पनि मौरी थेरापी राम्रो मानिएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?