logo
२०८० चैत्र १६ शुक्रवार



म प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा छैनः सभापति देउवा  

राष्ट्रिय |


म प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा छैनः  सभापति देउवा  
फाईल तस्विर


काठमाडौँ, फागुन २२ गते । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पार्नुभएको छ । बीपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उहाँ आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ । सरकारको नेतृत्व गर्न हतार छैन । कोसिस पनि छैन ।”    
    
 काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले अहिले सरकारको नेतृत्व गर्नेभन्दा पनि वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र काँग्रेसको मुद्दा हो, त्यसलाई बचाउनु काँग्रेसकै भूमिका बढी हुन्छ, त्यसैले पनि वर्तमान राजनीतिक गतिरोध अन्त्यमा लाग्नुपर्छ काँग्रेस ।”    
    
 महामन्त्री डा शशाङ्क कोइरालाले तोकिएकै समयमा काँग्रेस महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शहरभन्दा पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न अस्पताललाई आग्रह गर्नुभयो । काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले काँग्रेस कति लोकतान्त्रिक छ भन्ने कुरा कांग्रँसले नै मूल्याङ्कन र समीक्षा गर्नुपर्छ भन्नुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?