logo
२०७८ बैशाख ५ आईतवार



दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु
तस्विर-फाइल


जुबा, फागुन १९ गते। दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ ।
राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताउनुभएको छ ।
उहाँले विमानमा सवार दुई पाइलटसहित दश व्यक्तिको मृत्यु भएको जानकारी दिनुभएको छ ।