logo
२०८१ बैशाख १३ बिहीवार



पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र नेपालले कोरोनाविरुद्धको खोप लगाउनुभयो

राष्ट्रिय |


पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र नेपालले कोरोनाविरुद्धको खोप लगाउनुभयो


काठमाडौँ, फागुन १९ गते । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाउनुभएको छ ।
आज बिहान मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुगेर उहाँहरूले कोरोनाविरुद्धको पहिलो खोप लिनुभएको हो ।
त्यसअघि आजै बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोप केन्द्रमा पुगेर त्यहाँको व्यवस्थापनलगायत विषयको जानकारी लिँदै विशिष्ट व्यक्तिलाई स्वागत गर्नुभएको थियो । प्रतिनिधिसभाको आगामी आइतबारदेखि शुरु हुने सातौँ अधिवेशनमा सहभागी हुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको व्यवस्था गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?