logo
२०८१ बैशाख ७ शुक्रवार



युभेन्ट्सले स्पेजियालाई हरायो

खेलकुद |


युभेन्ट्सले स्पेजियालाई हरायो
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १९ गते । युभेन्ट्सले स्पेजियालाई हराएको छ । इटाली सिरी ए अन्तर्गत गए राति सम्पन्न खेलमा युभेन्ट्सले स्पेजियालाई ३–० ले हराएको हो ।
स्पेजियामाथिको जित्ने क्रममा क्रिष्टियानो रोनाल्डोले ६०० औं लिग खेल पूरा गर्नुका साथै सिरी ए को जारी संस्करणमा २० औं गोल पूरा गर्नुभयो । स्पेजियाले पहिलो हाफमा कडा चुनौती दिँदा खेल गोलरहित बराबरीमा सम्पन्न भयो । दोस्रो हाफमा युभेन्ट्सले एकपछि अर्को तीन गोल थप्दा स्पेजिया स्तब्ध हुन पुग्यो ।
फेड्रिको बर्नाडेस्कको क्रसलाई अल्भारो मोराटाले गोलको दिशा दिँदा युभेन्ट्सले ६२ औं मिनेटमा स्पेजियामाथि १–० को अग्रता लियो । ७१ औं मिनेटमा सेसाले गोल अन्तर दोब्बर पार्दा क्रिष्टियानो रोनाल्डोले ८९ औं मिनेटमा गोल थप्दै युभेन्ट्सको स्पेजियामाथि ३–० को जित सुनिश्चित गर्नुभयो ।
यूरोपको शीर्ष पाँच लिगको पछिल्लो १२ संस्करणमा कम्तीमा २० गोल गर्नुहुने रोनाल्डो पहिलो खेलाडी बन्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?