logo
२०८१ बैशाख ८ शनिवार

  संघीयताले ल्याएको परिवर्तन  



गाँउले शहरको रुप लिँदै, सुनदेखि नूनसम्म गाउँमै

पढ्नै पर्ने |
प्रदेश |


गाँउले शहरको रुप लिँदै, सुनदेखि नूनसम्म गाउँमै
सखुवानन्कारकटि गाँउपालिका–३ महदेवा परिहारपुर चोक


जिवछ यादव
लाहान,१७ गते । गाँउ गाँउमा सिंहदरबार पुगेपछि यसको असर देखिन थालेको छ । कतिपय गाँउको मुहार फेरिदै शहरको रुप लिन थालेको छ । सिरहाको पूर्वी भेगमा लाहान बजारमा नै आश्रित हुनुपर्ने दक्षिण भेगका स्थानीयहरु अहिले गाँउमा नै नुनदेखि सुनसम्म सबैथोक पाउन थालेपछि नसोचेको विकास गाँउमा नै भयो भनेर सखुवानन्कारटीका वासिन्दा उत्साहित हुन थालेका हुन् ।
लाहान नगरपालिकादेखि दक्षिण भारतीय सीमासम्म रहेको लहान–ठाडी १३ किलोमिटर सडकमा पर्ने सखुवानन्कारक र भगवानपुर गाँउपालिकाका अधिकांश गाँउको चोकमा लाग्ने हटियाहरुमा सहरकै मूल्यमा पाँउने सुनदेखि नूनसम्म सबैथोक पाउन थालेको सखुवानन्कारटी–३ का वडाध्यक्ष महेन्द्रप्रसाद यादवको भनाई छ ।
उहाँ भन्नुहुन्छ,हाम्रो गाँउ महदेवा खरियानी र परिहारपुर गाँउमा फुसको घर विस्थापित हुन पुगेको छ । गाँउमा पक्की सडक बन्यो । पूर्वमा रहेको महदेवा परिहारपुर चोकमा पक्की भवन बनाएर नुनदेखि सुनसम्म सबैथोक पाउने ठूला ठूला पसलहरु सञ्चालनमा आएका छन् । एक किलो नूनको लागि लााहान र लौकहा बजार नै जानुपर्ने अवस्थाको अन्त्य भयो । केही वर्ष पहिले हुनेखाने सम्पन्न व्यक्ति र कर्मचारीहरु सबैले लाहान बजारमा घर घडेरी खरिद गर्ने लहर नै चलेको थियो । तर अहिले सहरमा जग्गा खर्च गर्न लाग्ने रकमले गाउँमा पक्की घर बनाएर व्यापार पनि सञ्चालन गर्न सक्ने सोच बनाएर गाँउमा नै लगानी गर्न थालेका छन् । गाउँपालिकामा जन प्रतिनिधिहरु आएपछि माहोल बनेको हो ।
अर्का स्थानीय घुरन यादवका अनुसार मेरो छोरा विदेशबाट कमाएर ल्याएको पैसाले गाउँकै पश्चिमपटि बनेको तीनकोनी चोकमा पक्की घर बनाएर थालेको हार्डवेयर पसलबाट महिनाको ५० हजार जति कमाइ भइरहेको छ । सहरप्रतिको मोह भङ्ग भएर गाउँमा नै केही गर्न सकिने साहस जुट्न थालेको घुरन यादव जस्तै अन्य स्थानीयहरुको साझा बुझाइ छ
महदेवा पोर्ताहाका गाउँपालिका अध्यक्ष समेत रहनुभएका सखुवानन्कारटी –३ खरियानीका राम नारायण यादवका अनुसार आफू यतिवेला राजनीतिमा निस्क्रिय भएर धान खरिद बिक्रीको व्यापार गाँउमै लाग्न थालेको हटियामा गरेर आर्थिक रुपमा सम्पन्न भए । स्थानीय सरकार आएपछि सडक निर्माण गरिदिएपछि हरेक गाउँमा हटिया लाग्ने, गाउँमा हटिया लाग्नथालेपछि कृषकहरु समेत तरकारी,धान र गहुँ खेतीतिर आकर्षित हुन थालेका छन् । विकासले गाँउको मुहार फेरिएकै हो ।
सिराहा जिल्ला समन्वय समितिका प्रमुख रामचन्द्र ठाकुरले १७ वटै स्थानीयतहमध्ये आठ वटा गाउँपालिकामा  सहरी वातावरण बन्न लागेका बताउँदै स्थानीय, प्रदेश र संघीय सरकारबाट आएको बजेटबाट गाउँ गाउँमा निर्माण भइरहेको अस्पताल, विद्यालय, सडक निर्माणको साथै लाग्ने हाटबजारले गाउँ पनि सहरकै जस्तै रुपधारण गरेको प्रष्टयाउनुभयो ।
सरकारबाट उपलब्ध बजेटको सही तरिकाले कार्यान्वयन गराउन सुशासनको प्रत्याभूति दिलाउन जिल्ला स्तरमा एक नागरिक अगुवाहरुको संयन्त्र बनाएर सुशासन र पारदर्शिताको लागि पहल थाल्ने हो भने केही वर्षमै सिराहाको सम्पूर्ण ग्रामीण भेगको मुहार फेरिने मानव अधिकारवादी देवराज पोखरेलले तर्क गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?