logo
२०८१ बैशाख ८ शनिवार



गति लियो खुलालु पुलले, करिडोरको यात्रा सहज हुने

फिचर |
पढ्नै पर्ने |


गति लियो खुलालु पुलले, करिडोरको यात्रा सहज हुने


प्रेमराज सिम्खडा
कालीकोट, फागुन १४ गते । कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीको खुलालुमा बन्ने पुल निर्माणले गति लिएको छ । सम्झौता भएको १२ वर्षपछि गोरखापत्रको लगातारको निग्रानीले पुल निमार्णले गति लिएको पाइएको छ । गएको पुस महिनामा जिल्ला प्रशासन कार्यालयमा निर्माण कम्पनी, सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख र कालीकोटका सबै सरोकारवालाबीचको समिक्षाले पुल निर्माणमा थप बल पुगेको हो ।
दुईपटक शिलान्यास भएको पक्की पुल अझै नबन्दा करिडोरको यात्रा कस्टकर बनिरहेको छ । पुलको अभावमा यातायातका साथ जिल्ला प्रशासनको सिफारिसमा नेपाली सेना मार्फत फेरीबाट तार्नुपर्ने बाध्यता लम्विदै गएपछि प्रशासनले पनि चासो दिएको थियो । पुल निर्माणका लागि २०६९ सालमा कन्काई जेभीले ठेक्का लिएको थियो । दुई वर्षभित्र सम्पन्न गर्ने गरी कम्पनीले सम्झौता गरेको थियो । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार ठेक्का म्याद दोस्रो पटक थप गरेको समय सकिएको छ वर्षमा पनि आधा काम नहुँदा सबैको चासो बढेको थियो ।
डिभिजन प्रमुख लीलाबहादुर भण्डारीले १३ करोड रुपैयाँ बजेट रहेको पुलको लागत अहिले बढेर १७ करोड रुपैयाँ पुगेको बताउनुभयो । कार्यालयले गतवर्ष गोरखापत्रले सोधेको प्रश्नमा अवको एक वर्षभित्र पुल नबनेमा ठेक्का रद्ध गर्ने बताएको थियो । कार्यालयले कन्काई जेभीले अर्को ठेकेदार कम्पनीलाई निर्माणको जिम्मा दिँदा पुल अलपत्र परेको निर्माण कम्पनीले भन्दै आएको थियो । तर पुस छ गते कालीकोट प्रशासनमा गरिएको छलफल उपलब्धी मुलक भएको छ । डिभिजन प्रमुख भण्डारीले छलफल पछि ठेकेदार कम्पनीले पुल निमार्णको कामलाई तीव्रता दिएको बताउनुभयो ।
स्टिल ट्रससहितको ७५ मिटर लम्बाइको पक्की पुल ठेकेदारले २०७८ असार मसान्तसम्म सक्ने गरी फेरि सम्झौता काम युद्ध स्तरमा अगाडी बढाएको गोरखापत्रको प्रश्नमा बताएको छ । कालीकोटको खुलालुदेखि हुम्ला जोड्ने पुल १२ वर्षअघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले शिलान्यास गर्नुभएको थियो । कालीकोटका पाँच स्थानीय नरहरिनाग, सान्नीत्रिवेणी, पलाँता, पचालझरना गाउँपालिका र रास्कोट नगरपालिका सहित बाजुरा, मुगु र हुम्ला हुँदै तिब्बत जोड्ने सडकका लागि कर्णाली नदीको खुलालु पक्की पुललाई लिइएको छ । अहिले निमार्ण कम्पनीले पुल निर्माणलाई प्राथमिकता दिएको पाइएको छ ।
अव भने आगामी असारमा पुलमा यातायातका साधन सञ्चालन हुने पक्का जस्तै भएको छ । भारतको रुपैडियादेखि चीनको मानसरोवर जोड्ने कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाले अधिकांश ठाउँको ट्याक खोले पनि पुल नबन्दा यातायातका साधन आउजाउमा समस्या हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?