logo
२०८० चैत्र १६ शुक्रवार



बडेरा सबस्टेशन निर्माण अन्तिम चरणमा, छिट्टै परीक्षण हुने

अर्थ |
पढ्नै पर्ने |


बडेरा सबस्टेशन निर्माण अन्तिम चरणमा, छिट्टै परीक्षण हुने


गोपी ज्ञवाली
नवलपरासी, फागुन १४ गते । पश्चिम नवलपरासीको सुनवल बडेरामा निर्माणाधीन न्यु बुटवल बर्दघाट २२० केवि प्रसारण लाइनको सबस्टेशनको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
कोविडका कारण लामो समय सबस्टेशनको निर्माणको काम रोकिएको भए पनि कोविडको त्रास कम हुँदै गए पछि पछिल्लो समयमा विद्युत् सबस्टेशनको निर्माण कार्यले तीब्रता पाएको छ । कोविडको त्रास कम हुँदै गएपछि अहिले विद्युत सबस्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको न्यु बुटवल बर्दघाट प्रसारण लाइनको सबस्टेशन परियोजनाका सुचना अधिकृत अशोक पोखरेलले बताउनुभएको छ ।
सुनवल नगरपालिकाको वार्ड नम्बर १३ स्थित सूर्यबस्तीमा करिब २० बिघा क्षेत्रफलमा फैलिएको न्यु बुटवल बर्दघाट प्रसारण लाइन आयोजनाको सबस्टेशनको २०७५ साल पुसबाट निर्माण कार्य शुरु भएको आयोजनाका इन्जिनियर आनन्द सुबेदीले बताउनुभयो ।
परियोजनाका सूचना अधिकृत एवं प्रसारण प्रमुख अशोक पोखरेलले अनुसार अहिले सम्ममा सो सबस्टेशनमा एक दर्जनभन्दा बढी संख्यामा रहेका विद्युत् टावर, कन्ट्रोलरुम, यन्त्रको जडान, क्वाटर, स्टोर, सुरक्षापोष्ट एवं आवास, ट्रान्सफार्मर स्टेशन लगायतका अधिकांश संरचना बनाउने काम सकिएको छ । परियोजनाले अब केही समयमै परीक्षण गर्ने तयारीमा लागेको बताइएको छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा बन्न लागेको २२० केबि न्यु बुटवल सब स्टेशनको भौतिक संरचनाको निर्माण कार्य परीक्षणको अवस्थामा पुगेको इन्जिनियर सुवेदीले बताउनुभयो । यस सबस्टेशनक निर्माणको काम भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्टस लिमिटेडले लिएको छ । २०७६ असार मसान्त सम्ममा काम सक्नुपर्ने भए पनि कोविडका कारण काममा ढिलाइ भएको हो ।
एक अर्ब ८० लाख रुपियाँको लागतमा बन्न लागेको यस विद्युत सबस्टेशनले कालिगण्डकी क्षेत्रबाट उत्पादित विद्युत मध्य तराईका निर्माणाधीन सहरहरुमा प्रसारण गर्ने छ ।
यो सबस्टेशन निर्माण पछि कालिडण्डकी बेसीनबाट आउने विद्युत राष्ट्रिय प्रशासण लाईनमा जोडिन गई नवलपरासी, बुटवल भैरहवा लगाएतका क्षेत्रहरुमा विद्युत प्रसारणको काम सहज हुनेछ । औधोगिक क्षेत्रको रुपमा विकास भई रहेको पश्चिम नवलपरासीको भुमही देखि बाईपास रोड हुँदै भैरहवासम्मको क्षेत्रमा उद्योग प्रयोजनको विद्युत कम क्षमताको रहेका कारण उद्योगको संचालनमा समस्या भई रहेको अवस्थामा यो समस्या यो परियोजनाले समाधान गर्ने बताइएको छ ।
गोपी ज्ञवाली ।
फोटो क्याप्सन ः सुनवल नगरपालिका वार्ड नम्बर १३ सूर्यबस्तीमा नेपाल विद्युत प्राधिकरणको आयोजनामा निर्माण भइरहेको न्यु बुटवल बर्दघाट २२० केभी सबस्टेशन ।
तस्विर ः गोपी ज्ञवाली ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?