logo
२०७८ बैशाख ५ आईतवार

  राधिकाले अनुभूत गर्नुभएको केपी ओलीको जीवन  



‘१४ वर्षको जेल बसाइमा एक वर्षको जति पनि खाना खाएको छैन होला’

कला |
पढ्नै पर्ने |


‘१४ वर्षको जेल बसाइमा एक वर्षको जति पनि खाना खाएको छैन होला’


राधिका शाक्य 

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त हुने त्यही बाटोको निरन्तर पथिक हुनुहुन्छ । दाम्पत्य जीवनको यस अवधिमा निजी मामिलाहरूमा उहाँसँग मेरो त्यति धेरै विमर्श हुन पाएको छैन । मसँग त्यति प्रaल निजी इच्छा नभएर पनि हुनसक्छ वा उहाँले मुलुकका लागि लिनुभएको बाटो यसका लागि प्रतिकूल भएर पनि हुनसक्छ, हामीले आफू, परिवार, सम्पत्ति आदिका विषयलाई कहिल्यै छलफलको विषय बनाएका छैनौंँ । यति लामो समय सँगै बसेर पनि मैले उहाँसँग आफूले जान्न चाहेका कतिपय कुरा सोध्ने गरेकी छैन । कारणहरू धेरै छन्, मूल कारण त समय नै हो । हरेकजसो रात उहाँ १२ बजे अगाडि कोठामा आउनुहुन्न । मध्यरातसम्म भेटघाटमै व्यस्त रहनुहुन्छ । त्यति अबेर कोठामा आउने मान्छेको शारीरिक र मानसिक थकान कति हुन्छ होला भन्ने सोच्छु र केही कुरा गर्दिन ।
एकदिनको कुरा हो, त्यो २०७६ साल कात्तिक २० गते राति १ बजेको थियो । मेरो मनमा एउटा प्रश्न उठेको थियो, यो व्यस्त जीवन र उहिलेको जेल जीवनमा के भिन्नता छ ? मानिस आधारभूत सुविधाहरू पूर्ण भएर पनि आखिर आफ्ना लागि बाँचेको छैन भने उसले के कुरामा मन अड्याइरहेको हुन्छ ? बेलाबेला मेरा मनमा उठ्ने यस्ता प्रश्नका जवाफ उहाँसँग संवाद नगरी हमेसा आफ्नै मनोवादबाट पूर्ति गर्थें म । त्यसमा प्रश्न पनि मेरै हुन्थे र जवाफ पनि मै दिन्थेँ ।
मैले के महसुस गरिरहेकी थिएँ भने पञ्चायती शासकले बन्दी बनाएर कठोर यातना दिएको जीवन र आज प्रधानमन्त्री जस्तो देशको सर्वाेच्च कार्यकारी पदमा रहँदा काम गर्न अवरोध गरी चारैतिरबाट घेरिएको जीवनमा के भिन्नता छ र ? त्यसबेला लिएको र अहिले लिएको मुलुक बदल्ने उद्देश्यमा के भिन्नता छ र ? त्यसबेला जुन उद्देश्यका लागि जेलमा कठोर यातना सहेर संघर्ष गर्नु रेको थियो, आज त्यही उद्देश्य पूरा गर्न अगाडि सारिएका काममा अवरोध सहेर संघर्ष गर्नुपरेको छ । मनमा थुनेर राखेका प्रश्नहरूको बाँध कतिबेला फुट्ला झैँ भएको थियो । मैले उहाँको जेलयात्राका बारेमा सोधेँ । उहाँले व्याख्या नगरी जेल यात्राको विवरण मात्र सुनाउनुभयो ।
२०३० साल असोज २३ गते, रौतहटको एउटा गाँउबाट राति गिरप्तार गरी, हिंडाएर उहाँलाई गौर कारागार लगियो । २६ असोजसम्म त्यहाँ राखेर तीन दिनपछि गौर थाना र गुल्ममा लगेर क्रूरतम यातना दिइयो ।
जेल सार्ने क्रममा उहाँले सुनाउनुभएका यसपछिका घटना विवरणले भने मलाई नराम्री ऐठन ग¥यो । उहाँले सुनाउनुभएको घटना विवरण यस्तो थियो–
‘गौर थानाबाट वीरगञ्ज जेल सार्ने भनी रातिको समयमा मलाई निकालियो । प्रहरीको भ्यानमा मलाई राखिएको थियो । तर, वीरगञ्ज नपु¥याउँदै बीचको जंगलमा भाग्न खोजेको अभियोग लगाउँदै मार्ने योजनासाथ जेलसारी गरिएको रहेछ । मलाई हत्कडी लगाइएको थियो, वरिपरि प्रहरी जवानहरू थिए । उनीहरूका साथमा खाल्डो खन्ने ज्यावल औजारहरू पनि थिए । एकदम तयारीसाथ गाडीमा खाल्डो खन्ने औजारसँगै मलाई राखिएको थियो । प्रहरी जवानहरूका अनुहारको भावभंगीबाट सजिलै बुझ्न सकिन्थ्यो, केहीबेरपछि नै उनीहरूले मलाई जंगलमा लगेर मार्नेछन् र खाडल खनेर पुर्नेछन् । जेल सार्न खोज्दा बीचैमा भागेर गोली चलाउँदा मारिएको एउटा कृत्रिम घटनाको प्लट बनाएर हिंड्दा मानिसको अनुहारमा जुन प्रकारको उद्वेलन र छटपटी हुन्थ्यो, उनीहरूका अनुहारमा त्यो प्रस्ट देखिन्थ्यो । जेल सार्ने जिम्मेवारी दिएर पठाइएको उक्त टोलीको नेतृत्व सई मोहनप्रसाद अधिकारीले गर्नुभएको थियो । उहाँका मनमा एक्कासि किन यस्तो करुणा उत्पन्न भयो कुन्नी, बीचमा पुगेपछि उहाँले गाडी जंगलबाट मोडेर वीरगञ्जतिर लैजान आदेश दिनुभयो । ‘गाडी दायाँ लैजा, यो बाँचोस्’ सई मोहनप्रसाद अधिकारीले एक्कासि दिएको निर्देशनले मार्न ठिक पारिएको म बाँचेँ । जब आफूलाई केही बेरपछि नै मारिनेछु भन्ने बोध हुन्छ र त्यसका लागि ठिक्क पारिएको सर्जाम देखिन्छ, त्यसले मृत्युका लागि तयार रहन बलियो बनाउने रहेछ । म त त्यसैबेला मारिसकेको थिएँ । बाँचेँ र तिमीसँग भेट भयो ।’
उहाँले त्यस मध्यरातमा सुनाउनुभएका यी कुराले मेरो जीउमा काँडा उम्रेजस्तो भयो । तन्मयपूर्वक त्यस दिनको घटना विवरण सुन्दा मेरो मानसिकता नै केही बिथोलियो । त्यसपछि पनि उहाँले जेल सारिएका विवरण सुनाउनुभयो, तर मेरो मन भने जंगलमा मार्न खोजिएको त्यही घटनामा अड्किएको थियो ।
मङ्सिर ३ गते राति उहाँलाई वीरगञ्ज थाना पु¥याइएछ । ४ र ५ गते त्यहीँ राखेर उहाँलाई ६ गते वीरगञ्जकै सानो जेल भनिने महिला कारागारमा पु¥याइएको रहेछ । त्यहाँ त्यसबेला महिला नभएकाले मंसीर ६ र ७ गते त्यहीँ राखियो । मंसिर ८ गते मध्यरातमा अर्काे मनोवैज्ञानिक आतङ्कसहित उहाँलाई त्यस जेलबाट निकालियो, काठमाडौँ सार्न भनेर । नेपाली काँग्रेसका चितवन सभापति भीमबहादुर श्रेष्ठलाई समेत सँगै हिंडाइएको थियो । मंसिर ८ गते काठमाडौंको भद्रगोल जेलमा ल्याएर तीन दिनसम्म राखियो । मंसिर ११ गते सेन्ट्रल जेल ल्याएर २०३२ वैशाख १६ गतेसम्म गोलघरमा राखियो । त्यहाँबाट फेरि २०३२ साल साउन २२ गते नख्खु जेलमा सारियो ।
१६ महिना नख्खु जेलको बसाइपछि २०३३ मंसिर १४ गते फेरि सेन्ट्रल जेल लगेर गोलघरमा हालियो । दोस्रो पटक करिब तीन वर्ष गोलघरमा राखेपछि २०३६ साल जेठमा गोलघरबाट निकालियो । सेन्ट्रल जेलबाट २०३७ चैत १५ मा पुनः नख्खु जेल नै लगियो । करिब दुई वर्षको नख्खु जेल बसाइपछि २०३९ माघ ३ गते उहाँलाई पोखरा जेल सारियो । पोखराबाट २०४२ कात्तिकमा स्याङ्जा जेलमा पु¥याइयो । स्याङ्जा जेलबाट २०४३ मंसिर ८ गते उहाँलाई काठमाडौंको हनुमानढोका कारागारमा ल्याइयो र माघ ८ गतेसम्म त्यहीँ राखियो । हनुमानढोका कारागारबाट फेरि तेस्रो पटक भद्रगोल जेल पु¥याएर २०४४ असार ११ गते रिहा गरियो ।
यो थियो, उहाँले मलाई त्यस मध्यरातमा आधा घन्टा लगाएर सुनाउनुभएको जेलयात्राको विवरण ।
यसरी मध्यरातमा भए पनि मैले उहाँको जेल जीवनसम्बन्धी अनुभूतिहरू सुन्ने अवसर पाएँ । कयौंँ दिनदेखि सोध्न नपाएका प्रश्नका बाढी केही समयको लागि शान्त भयो ।
निरङ्कुश व्यवस्था विरुद्धको संघर्षका क्रममा यस्तो कहालीलाग्दो यातनामय जेल सराइ र त्यहाँभित्रको संघर्षले उहाँको शारीरिक र मानसिक अवस्थामा कस्ता असर पारे होलान्? शारीरिक असर त हामी देख्न सक्छौंँ र त्यो भोगिरहेका पनि छौँ । मानसिक असरलाई भने व्यक्तिले कसरी ग्रहण गर्छ? त्यस अनुसारको नतिजा निस्कँदो रहेछ भन्ने उहाँको मनोबल हेरेर महसुस गर्छु । मार्न ठिक्क पारिएको, कयौंँ पटक मृत्युको मुखमा पुगेर फर्केको मानिसमा जीजिविषा यति बलियो हुँदो रहेछ भन्ने मैले केपीजीसँग अन्तरङ्ग संगतका क्रममा थाहा पाएकी छु । यसलाई आम नेपालीले बुझ्नुभएको छ भन्ने ठान्दछु ।
मेरो बुझाइमा उक्त परिस्थितिले उहाँको शारीरिक अवस्थामा केही असर परे पनि मानसिक स्थितिमा एकरत्ति असर परेको छैन । बरु, उहाँलाई देश र जनताप्रतिको उत्तरदायित्व अझ बढी बोध गराएको छ । उहाँले मसँग बेलाबेला भन्नुभएको छ, ‘१४ वर्षको जेल बसाइमा मैले एकवर्षको जति पनि खाना खाएको छैन होला ।’ गोलघरकै बसाइमा उहाँलाई अल्सर, टीबी, पायल्स जस्ता अनेक रोगहरू लाग्यो । उपयुक्त खाना छैन, उपचार छैन । थुप्रै साथीहरूले उहाँ बाँच्नुहुन्न भन्ने ठानेर बेलाबेला हेर्न जाने गरेका कुराहरू सार्वजनिक भइसकेका छन् ।
उहाँले जेल जीवनमा भोगेका दुई जना डाक्टरहरूको विपरीत अलग अलग चरित्रको बेलाबेला प्रसङ्ग ल्याउनुहुन्छ । अति खराब, दुष्ट र मानवीय भावना पटक्कै नभएका डा. आनन्दबहादुर श्रेष्ठ र डाक्टरी पेसाको ख्याल गर्ने र मानवीय भावना भएका डा. पुस्कर भारती थिए रे । डा. भारतीले डाक्टरको धर्म उपचार गर्नु हो भनेर केपीजीलाई केही औषधिका ‘प्रेस्किप्सन’ लेखिदिँदा डा.आनन्दबहादुर श्रेष्ठले त्यसलाई च्यातिदिएको र डा. भारतीलाई जनकपुरमा सरुवा गरिदिएको घटना उहाँले मलाई सुनाउनुभएको थियो । यस्ता डाक्टर, जसले आफ्नो पेशागत धर्म छोडेर सत्ताको लालचमा मानवमाथि अत्याचार गर्दारहेछन् । हुनत, त्यसबेलाको पञ्चायती सत्ताको लालचमा परेका डाक्टरको के कुरा गर्नु, आज पनि केपीजीको स्वास्थ्यलाई लिएर राजनीति गरिरहेका देखिन्छन् । तर, उहाँको स्वास्थ्यनिरङ्कुश व्यवस्थाविरुद्ध संघर्षपूर्ण राजनीतिक यात्राकै कारण कमजोर बनेको हो । यस यथार्थलाई बुझेर उहाँको स्वास्थ्यमाथि राजनीति नगरिदिए हुन्थ्यो जस्तो लागिरहन्छ ।
(प्रथम महिला राधिका शाक्यको पुस्तक मेरा अनुभूतिको पुस्तकांश)