logo
२०८१ बैशाख १५ शनिवार

प्रणय दिवसमा रमाए युवा (फाेटाे फिचर)

पढ्नै पर्ने |
समाज |
फोटो फिचर |


2021-02-14-32014
तस्बिर: सुजन गुरूङ्ग


यलु जोशी
काठमाडौं, फागुन २ गते । विश्वभरका युवावर्गले रातो गुलाफ आफ्नो प्रेमि प्रमिकालाई दिएर १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डे (प्रणय दिवस) मनाएका छन् ।
“विल यु वि माई भ्यालेन्टाइन“ आज (आइतबार) अर्थात १४ फेब्रुअरी सबै आफ्नो प्रेमी तथा प्रेमिकालाई प्रेमको प्रतीक मानिने रातो गुलाफ दिएर यहि वाक्य बाट सम्वोधन गरिरहेको छन् ।
भ्यालेन्टाइन डेको रौनक नेपालमा एक दशकयता अत्याधुनिक प्रविधीले ह्वात्तै बढाएको छ । नजिकै भए भेटेर रातो गुलाब र विभिन्न उपहार दिएर शुभकामना आदनप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलको एसएमएस गरि पनि भ्यालेन्टाइन डे मनाउने चलन छ ।
प्रेम व्यक्त गर्नका लागि प्रयोग गरिने सामान खरिद गर्न यतिबेला साना ठुला गिफ्ट पसलहरुमा प्रेमीहरू भरिभराउ देखिन्छ । हरेक रेष्टुरादेखि पसलहरु सजिसजाउ छ भने बाटो बाटोमा रातो गुलाफ खरिद र विक्री गर्नेको भीडभाड रहेको छ ।
खिचापोखरीस्थित हलमार्कका विक्रेता रुपेश कार्कीले वर्ष दिनमा सवैभन्दा बढीव्यापार भ्यालेनटाइनका अवसरमा हुने बताउनुभयो । उहाँले यस अवसरमा रातो गुलाफ तथा ‘आइ लभ यु’ लेखिएको विभिन्न उपहार पोष्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, परफ्युम, चकलेट जस्ता सामानको बढी विक्री हुने पनि जानकारी दिनुभयो ।
यता बसन्तपुरमा रातो गुलाफ विक्री गरिरहनुभएको केशव चापाँगाईले विहानदेखि दुई सयवटा गुलाफ विक्री गरिसकेको बताउनुभयो ।
एउटा गुलाफको ५० देखि २५० सम्म विक्री हुने जानकारी दिदै उहाँले आजको दिनमा प्रेमिप्रेमिकालाई रातो गुलाफ दिनुपर्ने मान्यताले धेरै युवापुस्ताले खरिद गरेको बताउनुभयो ।
यस्तै गुलाफ खरिद गरिरहनुभएको नम्रता कोजुले आफ्नो प्रेमिको लािग गुलाफ खरिद गरेको बताउनुभयो ।
रातो गुलाफ प्रेमको प्रतिक मानिन्छ त्यसैले आफ्नो प्रेमिलाई दिन एक सय रुपियाँ तिरेर एउटा फूल खरिद गरेको जानकारी दिनुभयो । ६० बर्षिय रामकृष्ण प्रजापतिले पनि आफ्नो श्रीमतीलाई गुलाफको फूल दिन खरिद गर्नुभयो । उहाँ भन्नुहुन्छ, विवाह भएको ३८ वर्ष भयो हाम्रो लािग जहिलेपनि प्रेम दिवस तर आजको दिनमा सबैले फूल खरिद गरिरहेको र दिइरहेको देख्दा मेरो श्रीमतीलाई पनि दिउ भनेर खरिद गरेको छ ।
भ्यालेन्टाइन डेको सुरुवाट इश्वी संवत् २६९ मा रोमनबाट सुरू भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र बिबाहमा रोक लगाएको थियो । तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लंघन गर्ने घोषणा गरे आफ्नै अभियान विरूद्धको गतिविधि सैह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाँय दियो । भ्यालेन्टाईनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।
यस्तै विभिन्न समाचार एजेन्सीका अनुसार पाकिस्ताममा यो प्रणय दिवस मनाउन रोक लगाइएको छ भने साउदी अरेवियामा प्रहरीले प्रणय दिवस माथि प्रतिवब्ध लगाएको छ महिला र पुरुष रेस्टुरेन्टमा अलग्गै बस्नुपर्छ । यता भारतमा प्रणय दिवस मनाए तापनि पश्चिमी संस्कृति भएको भन्दै अलोचना पनि गर्ने गरेका छन ।

तस्बिर: सुजन गुरूङ्ग