logo
२०८१ बैशाख १३ बिहीवार



भागरथी हत्या प्रकरणः ‘प्रहरीले विशेष सूचना हात पारिसकेको छ’

पढ्नै पर्ने |


भागरथी हत्या प्रकरणः ‘प्रहरीले विशेष सूचना हात पारिसकेको छ’


गोकर्ण दयाल

बैतडी, माघ २९ गते । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानी की १७ वर्षीया भागरथी भट्टको हत्या भएको एक हप्ता बितिसकेको छ । प्रहरी अनुसन्धान ब्यूरोदेखि जिल्ला र प्रदेशभरिकै प्रहरी जनशक्ति दोगडाकेदारमा खटिएको छ । भागरथी हत्या सम्बन्धी प्रहरीले विशेष सूचना हात पारेको र अनुसन्धानको दायरा साँघुरो बनेको प्रहरी दावी छ । गएको ६ दिनदेखि आफै अनुसन्धाको कमाण्ड सम्हालीरहनु भएका सुदूरपश्चि प्रदेश प्रहरी प्रमखु डीआईजी उत्तमराज सुवेदीसँग अनुसन्धानको प्रगति बारे दोगडाकेदार पुगेर गोरखापत्रका समाचारदाता गोकर्ण दयालले गरेको कुराकानीः

भागरथी हत्या भएको एक हप्ता बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । दोषी कहिलेसम्म पत्ता लाग्छ ?
म फिल्डमा आउँदा दोगडाकेदारमा आन्दोलन भइरहेको थियो । दुईदिनपछि आन्दोलनरत पक्षसँग समन्वय गरेर प्रहरीलाई सघाउन अनुरोध गर्यौं । प्रहरीले सूक्ष्मढंगले अनुसन्धान अघि बढाए पनि समाजका मान्छे कोही केही पनि नबोल्ने समस्या देखियो । त्यसपछि हामीले समुदायस्तरमै समन्वय गरेर अनुसन्धान अघि बढाउँदा बल्ल यहाँका स्थानीय खुलेर बोल्न थालेका छन् । अहिले स्थानीयले पनि असाध्यै राम्रो सहयोग गरिरहनुभएको छ । सुरुको अनुसन्धानको दायरा फराकिलो थियो । अहिले अनुसन्धान निकै साँघुरो भएको छ । डीआईजी नै यसरी आफै घटनास्थलमा बसेर अनुसन्धान गरेको यो पहिलो घटना पनि होला ! प्रहरीले विशेष सूचना र जानकारी प्राप्त गरेको छ । दोषी छिट्टै पत्ता लाग्छ ।

अनुसन्धानमा तालिमप्राप्त कुकुरसमेत परिचालन भयो । प्रहरीको विज्ञ टोली एक हप्तादेखि घटनास्थलमै छ । दोषी पत्ता लाग्न ढिलाइ हुनुको कारण चाहिँ के हो ?
प्रहरीले अहिलेसम्म पत्ता लगाएको कुरा अहिने नै सार्वजनिक गर्न मिल्दैन । अहिले यति भनौं प्रहरीले सफलता हासिल गर्नेछ । अनुसन्धानमा सुरुदेखि कुनै पनि कसर बाँकी नराखेर सजकताका साथ प्रहरी अघि बढेको छ । घटनास्थल सील गर्नेदेखि लिएर भेजाईजन स्वाब सङ्कलन गर्न डाक्टरको टोली घटनास्थलमै पुग्नुभयो । तालिम प्राप्त कुकुर पनि परिचालन गर्यौं । कुकुरले मोबाइल पत्ता लगायो तर, त्यो दिन पानी परेका कारण कुकुरलाई केही कठिनाइ भयो । कुकुरले गर्न सक्ने काममा केही बाधा पुग्यो ।

भागरथीको भेजाइनल स्वाबको फरेन्सिक रिपोर्ट कहिलेसम्म आउँछ ?
भेजाइनल स्वाबको रिपोर्ट आउँन १५ दिनदेखि एक महिनासम्म लाग्छ । पोस्टमार्टम रिपोटले धेरै कुरा बताइसकेको छ । त्यसका आधारमा हामीले अनुसन्धान अघि बढाएका छौं । अहिलेसम्मको अनुसन्धानले हामी सफलता नजिक पुगेका छौं ।

प्रहरीले अपेक्षा गरे अनुसार स्थानीय सरकार र राजनीतिक दलको सहयोग कतिको मिलेको छ ?
एकदमै, उहाँहरु सबैले सहयोग र समन्वय गरिरहनुभएको छ । पीडित परिवारका सदस्यले पनि अनुसन्धानमा सके जति सहयोग गरिरहनु भएको छ । हाम्रो तर्फबाट हुने अनुसन्धानमा सुविधा सम्पन्न ठाउँमा जेजति प्रहरी जनशक्ति र प्रविधिको प्रयोग हुन्छ दोगडाकेदारमा पनि हामीले त्यही स्तरको अनुसन्धान अघि बढाएका छौं । ठाउँ यस्तै छ, ( प्रहरी चौकीको भवन) देखिहाल्नुभयो । रात–दिन नभनी हामीले अनुसन्धान तीव्र रुपमा अघि बढाएका छौं । दोषीले उम्कन पाउने अवस्था छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?