logo
२०८१ बैशाख १३ बिहीवार

फेवातालको पानी एक मिटर घटाइएपछि...(फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |


2021-02-07-31595


तारा चापागाई
पाेखरा, माघ २५ गते । शुक्रबार, शनिवार पोखरा घुम्न आएका पर्यटन फेवाताल किनार बाराहीघाट पुग्दा पानी सुकेको देख्दा आश्चर्यमा परे । तालको पानी ह्वात्तै घटेको थियो ।  जलस्रोत तथ सिँचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले फेवातालको पानी एक मिटर घटेको र पानीले ओगटेका ठूलो भूभाग जमिनमा परिणत भएको जानकारी दिनुभयो । उहाँका अनुसार तालको पानी घटाइनु खोलामा बाँधको मर्मत सम्भारका लागि हो ।
आचार्य भन्नुहुन्छ, ‘३५ सालदेखि बाँधको सामान्य मर्मत भएको थियो, लार्ज स्केलको मर्मत भएको थिएन्, अघिल्लो आर्थिक वर्ष सूचना निकालेका थियाैं, अहिले मर्मत गर्दैछाैं, कार्यालय प्रमुख आचार्यले भन्नुभयो ।‘बाँधको मर्मत र फेवातालबाट सिँचाइका लागि लगिएको कुलो मर्मतका लागि तालको पानी सुकाइएको हो ।’ अहिले एक मिटर मात्र पानी घटाएर मर्मतका लागि प्रयास गरिने र नभए दुई मिटरसम्म पानी घटाउनुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।
बाँध र नहर मर्मतका लागि सरकारले एक करोड बजेट छुट्याएको छ । उक्त कामका लागि एक महिना लाग्ने इन्जिनियर आचार्यले बताउनुभयो । “दुई मिटर पानी डाउन गर्ने सोचमा रहेका थियाैं, पानीभित्र डुबेर काम गर्नुपर्ने भएकोले यतिमै गर्न मिल्छ कि भन्ने छ मिलेन भने, २० देखि ३० सेन्टिमिटर घटाएर काम गर्नेछौं, ।

२०१८ सालमा भारतीय सहयोग मिसनको १५ लाख रुपियाँ आर्थिक सहयोगमा बाँध बाँधिएको थियो , बाधँको क्षेत्रफल १० किमी इक्युयार थियो त्यो बाँध २८ सालमा भत्किएको थियो । अहिलेको क्षेत्रफल ५. ८ किमी छ । यसैलाइ आधार मानेर। सीमाङ्कन समितिले पनि काम गरेको छ , आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार बाँधको नियमित मर्मतका लागि अहिले पानी छाडिएको बताउँदै मर्मत संभारका लागी पानी घटाइएको सन्देश सबैमा पुगोस् भन्दै बाँध बलियो बनाएपछि पानी फेरि भरिने जानकारी दिनुभयो ।