logo
२०८१ बैशाख ८ शनिवार

हिमपातले डाँडा सेताम्य, जनजीवन प्रभावित (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |
प्रदेश |


2021-02-06-31568


नवीन शिशिर विक
बागलुङ, माघ २४ गते । लामो समय पश्चात शुक्रबारदेखि परेको अविरल वर्षा र हिमापाले बागलुङको उच्च पहाडी भागे सेताम्य भएका छन् । हिमताले ढोरपाटन शिकार आरक्षण क्षेत्र, गाजा दह, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका क्षेत्रका उच्च भाग सेलाम्य भएका हुन ।
लामो सयम पानी नपर्दा मर्कामा परेका कृषकहरु पानी र हिउँ परे पछि उत्साहित भएका छन् । गहुँ, जौ, आलु जस्ता खेती लगाए पनि पानी नपर्दा कृषकहरु चिन्तीत भएका थिए । पानी परे पछि बाली सर्पने आसा पलाएको छ’ काठेखोला गाउँपालिका कृषक यामबहादुर विकले भन्नुभयो–‘जाडो भए पनि खेतीलाई राम्रो हुने भयो ।’
हिमपात भए पछि पश्चिम बागलुङको जनजीवन प्रभावित भएको छ । शुक्रबार दिउँसोदेखि परेको हिउँले ढोरपाटन क्षेत्रका स्थानीय घरबाहिर निस्कन कठिन भएको ढोरपाटन नगरपालिका–५ का चकबहादुर अदैले जानकारी दिनुभयो । बाक्लो हिउँ परेको हुँदा घरगोठका साथै दैनिक कामकाजलाई समेत प्रभावित भएको उहाँको भनाई छ । हिउँले बस्ती नै सेलाम्य बनेका छन् ।