logo
२०८१ बैशाख १३ बिहीवार



बुर्तिवाङ–खुंखानी सडक पुनःनिर्माण सकियो, हस्तान्तरण हुन बाँकी

पढ्नै पर्ने |
प्रदेश |


बुर्तिवाङ–खुंखानी सडक पुनःनिर्माण सकियो, हस्तान्तरण हुन बाँकी


नवीनशिशिर विक
बागलुङ, माघ २०गते । बागलुङमा भुकम्पले क्षति गरेको सडक स्तरवृद्धिको काम सकिएको छ । सडकलाई बाह्रै महिना सञ्चालन गर्न सक्ने गरी दुई वटा मोटरेबल पुल निर्माणधीन अवस्थामा छन् ।ढोरपाटन नगरपालिका र तमान खोला गाउँपालिका जोड्ने करिव दश किलोमिटर सडक स्तरवृद्धि गरिएको हो । वि.स २०७२ सालको भूकम्पले क्षतिग्रस्त बुर्तिवाङ–खुङ्गा–बोंगादोभान–खुंखानी सडकमा क्षति गरेको थियो ।
तमानखोला गाउँपालिकाको दुर्गम वडालाई पालिका केन्द्रमा जोड्ने गरी क्षतिग्रस्त सडकस्तर वृद्धि गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सडकका इन्जिनियर हरिशचन्द्र बढुले जानकारी दिनुभयो ।
सब–वेस प्रकारको सडक कालिका प्यासिफिक जे.भीले वि.स २०७५ बैशाख १० गते सम्झौता गरी निर्माणकार्य थालेको थियो । निर्माण कम्पनीले वि.स २०७६ साल कात्र्तिक ९ गते निर्माण सम्पन्न गरे पनि हस्तान्तरण हुन सकेको छैन । एकबर्षे परीक्षणकाल रहेको हुँदा चालु आर्थिक वर्षको  अन्तिमसम्म सडक आयोजनालाई निर्माण कम्पनीले हस्तान्तरण गर्ने इन्जिनियर बढुको भनाइ छ । जिल्लामा एउटा मात्र सडक पुनःनिर्माणको लागि योजना स्वीकृत भएको थियो ।
सडक निर्माण कम्पनीले अहिले पनि बर्खाको पानीले क्षतिग्रस्त सडकमा ग्याविन जाली, मेसिनरी वाल, नाली निर्माणको काम गरिरहेको छ । १५ करोड७९ लाख रुपियाँको लागतमा सडक पुनःनिर्माण गरिएको हो । एक बर्षको परीक्षण अवधि सकिएपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिनेछ । सडकलाई पाँच मिटर चाक्लो बनाइएको छ । घुम्ती र अप्ठ्यारो ठाउँमा पाँच मिटरभन्दा चाक्लो सडक निर्माण गरेको इन्जिनियर बढुको भनाइ छ ।
बुर्तिवाङ–खुङ्गा–बोंगादोभान–खुंखानी सडक खण्डको दुई स्थानामा हाल दुई वटा मोटरेबल पुल निर्माणाधीन अवस्थामा छन् । सडक खण्डको लुकुरवान खोलामा २५ मिटरको टि गर्डर प्रकृतिको पुल कर्ण प्रदिपजुम्ली जेभीले गतवर्षको मंसिर २ गतेदेखि निर्माण थालेको थियो । उक्तपुलका ६५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।  पुल निर्माणको समय आगमी बैशाख २८ गतेसम्म छ ।
४० मिटर लम्बाइको भालीवाङ खोलापुल नयाँबाटो सूर्याेदय जिएस जेभीले गत असोज १२ गते सम्झौता गरी निर्माणकार्य थालेको छ । इन्जियर बढुका अनुसार उक्तपुलको भौतिक प्रगति २५ प्रतिशत छ । चार करोड ४२ लाख रुपियाँमा भालीवाङ पुलनिर्माण हुँदैछ ।
दुई वटा पुल निर्माणपश्चात् पालिकाभित्र बाह्रै महिना सडक सञ्चालनमा आउने तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । पुल नहुँदा बर्खामा सडक अवरुद्ध हुने गर्छ अध्यक्ष बुढाले भन्नुभयो–‘पुल बन्यो भने जनतालाई सुविधा पुग्नेछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?