logo
२०८० चैत्र १६ शुक्रवार



धेरै परिमाणमा भरुवा बन्दुक बरामद

खुला |


धेरै परिमाणमा भरुवा बन्दुक बरामद


विष्णुलाल बुढा
डोल्पा, माघ १२ गते । शे–फोक्शुण्डो राष्ट्रिय निकुञ्जले जगदुल्ला गाउँपालिका अन्तर्गत विभिन्न गाउँहरुबाट ठुलो संख्यामा भरुवा बन्दुक बरामद गरेको छ ।
जगदुल्ला गाउँपालिकाका काईगाउँ, हुरिकोट, माझगाउँ, झ्यांकोट, थापागाउँ र छांचु भन्ने गाउँमा अवैध रुपमा राखिएका भरुवा बन्दुक ३३ थान र दुई वटा नाल बरामद गरेको छ । हतियारसँगै ८ जना कस्तुरी चोरी शिकारी गर्ने, अवैध रुपमा हातहतियार राख्ने मानिसहरूलाई पक्राउ गरी निकुञ्जको हिरासतमा लिइ अनुसन्धान भैरहेको छ । अवैध रुपमा राखिएका भरुवा बन्दुकहरु निकुञ्जलाई बुझाउन जनप्रतिनिधिहरु तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिहरुले स्थानीयहरुलाई उत्प्रेरित गरेर सहयोग गरेका थिए ।
यस भन्दा अगाडि निकुञ्जले ३७ थान भरुवा बन्दुक, एक वटा कटुवा पेस्तोल र १० वटा ईन्सास राईफलको गोलीहरु बरामद गरेको थियो । हालसम्म निकुञ्जले कुल ७० वटा भरुवा बन्दुक बरामद गरेको छ ।
अवैध हतियार बुझाउन निकुञ्जले सूचना जारी गरेको थियो । भरुवा बन्दुक बरामद गरेपछि निकुञ्जमा वन्यजन्तुहरुको चोरी शिकारीमा न्यूनिकरण आएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त प्रमुखसँरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो । नाउर, झारल, कस्तुरी र घोरललगायतका वन्यजन्तुहरुको संख्यामा पनि वृद्धि भएको निकुञ्जले जनाएको छ । नाउर, झारल तथा घोरलहरु हिउँ चितुवाको आहारा प्रजाति भएकोले हिउँ चितुवाले स्थानीय जनताको घर पालुवा जनावरलाई कम क्षति पु¥याउन सक्ने अनुमान गर्न सकिन्छ ।
निकुञ्जले चोरी शिकारी नियन्त्रणको लागि १७ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति १७ वटा समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण समुह, ५ वटा हिउँ चितुवा संरक्षण समिति, १ वटा रेड पण्डा संरक्षण समिति, नेचर गाईड एसोसिएसन डोल्पा, शे–फोक्सुण्डो पर्यटन समन्वय समिति गठन गरी प्रभावकारी रुपमा परिचालन गरिएको निकुञ्जले जनाएको छ । संरक्षण सम्बन्धी अन्तरकृया कार्यक्रमहरु गरेको छ । वन्यजन्तु अपराध नियन्त्रण इकाई, डोल्पासँग आवश्यक समन्वय गरी चोरी शिकारी नियन्त्रण इकाईलाई पुनर्गठन गरी प्रभावकारी रुपमा परिचालन गरेकाले चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी भैरहेको छ । स्थानीय तहहरुसँग समन्वय कार्यलाई प्राथमिकता दिएको निकुञ्जले जनाएको छ ।
यस प्रकार शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सबै निकायहरुसँग समन्वय गरी निकुञ्जलाई चोरी शिकारी रहित बनाउने तर्फ कडा कदम चालिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलिगाडले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?