logo
२०८१ बैशाख १३ बिहीवार



मितेरी पुल पुनःनिर्माण हुँदै, तातोपानी नाका २० दिनका लागि बन्द

फिचर |
पढ्नै पर्ने |


मितेरी पुल पुनःनिर्माण हुँदै, तातोपानी नाका २० दिनका लागि बन्द


चित्र मिजार
सिन्धुपाल्चोक, माघ ८ गते । नेपाल चीनबीचको सीमा मितेरी पुलको जग पुन निर्माण गर्न आजदेखि तातोपानी नाका बन्द गरिएको छ । २० दिनका लागि नाका बन्द गरिएको चिनियाँ पक्षबाट जानकारी आएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभएको छ ।
जनवरी २० देखि नाका बन्द गरिने चिनियाँ पक्षले बताएको छ खत्रीले भन्नुभयो ‘तिब्बत सरकारले परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको र भन्सार कार्यालयलाई बढीमा २० दिन नाका बन्द हुने जानकारी आएको छ’ । प्राबिधिकको सिफारिस अनुसार चीन सरकारले मितेरी पुलको जग पुनर्निमाण गर्न थालेको छ । गएकोे बर्षाका बाढीले मितेरी पुलको जग हल्लाएपछि चीन सरकारले पुलको मर्मत सुधार गर्न लागेको छ ।
केही दिन अघि नै खासा र न्यालाम क्षेत्रमा नेपाली ब्यापारीका थुप्रिएका सामान नेपाल ल्याइएको थियो । उक्त सामान नेपाल पठाएपछि मात्र चीनले पुलको जग पुन निमार्ण गर्न लागेको प्रमुख खत्रीले बताउनुभयो । दुई देशको सीमाक्षेत्रमा रहेको मितेरी पुलको जग पुन निर्माण गर्न नेपाल पक्षको तातोपानी सुख्खा बन्दरगाहलाई जानकारी गराएर जग पुन निर्माण गर्न लागेको खत्रीले जानकारी दिनुभएको छ ।
२०७२ बैशाख १२ को बिनाशकारी भूकम्पले मितेरी पुल आंशिक क्षति पुर्याएको थियो । भूकम्पपछि चीन सरकारले करिब चार बर्ष एकतर्फी रुपमा नाका पूर्णरुपमा बन्द गरेको थियो । २०७६ जेठमा आंशिकरुपमा नाका खुलाए पनि असार महिनामा बाढी र पहिरोको कारण फेरि उक्त नाका बन्द गरिएको थियो । बाढी पहिरोको कारण देखाउँदै चीनले तातोपानी नाका एकतर्फी रुपमा बन्द गर्दै आइरहेको छ । कोरोना भाइरस देखिएपछि चीनले नाका मनलागे आंशिक खुलाउने त मनलागे पूर्ण रुपमा बन्द गराउँदैं आएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । भूकम्पपछि उक्त नाकाबाट अहिलेसम्म कुनै सामान निर्यात नभएको खत्रीले बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?