logo
२०८० चैत्र १५ बिहीवार



कोरोना संक्रमणको १३ महिना, मृतक संख्या २० लाख नाघ्यो

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


कोरोना संक्रमणको १३ महिना, मृतक संख्या २० लाख नाघ्यो
इण्डाेनेसियामा काेभिडबाट मृत्यु भएकाहरूका अन्तिम संस्कारका लागि छुट्याइएकाे स्थान ।


इश्वरचन्द्र झा
काठमाडौं, माघ ३ गते । विश्वभरि कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । गत्वर्ष डिसेम्बर महिनामा चीनको वुहान शहरबाट सुरु भएको महामारीले एक वर्ष एक महिनाको अवधिमा करिब २० लाख सङ्क्रमितको मृत्यु भएको हो ।
अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबारसम्म २० लाख नौ हजार ५९५ जनाको मृत्यु भ छ । एक वर्षको अवधिमा नौ करोड ३८ लाख ६९ हजार १८९ जना ब्यक्ति सङ्क्रमित भएका छन् ।
२० लाख सङ्क्रमितको मृत्यु हुनु आफैंमा डरलाग्दो तथ्याङ्क रहे पनि विज्ञहरुले मृतकको संख्या योभन्दा धेरै बढी हुने अनुमान गरिएको छ । उक्त तथ्याङ्कमा पुष्टि भएकाको संख्या मात्रै समेटिएको छ । जस अनुसार सङ्क्रमणको परीक्षण (डाइग्नोसिस)नभई मृत्यु हुनेको संख्या उक्त तथ्याङ्कमा जोडिएको छैन् ।
सीएनएनले कोभिड–१९ बाट मृत्यु हुनेको संख्यालाई एयरबसको दुर्घटनासँग दाँजेको छ । विश्वकै सबैभन्दा ठूलो ब्यवसायिक उडान एयरबस ए३८० ले करिब ५४४ जना यात्रु अटाउने क्षमता राख्छ । एकवर्षभित्र प्रतिदिन ५४४ यात्रु क्षमताका दशवटा एयरबस दुर्घटना हुँदा मृत्यु हुने यात्रु बराबरको संख्या कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ ।
विश्वका अझै कतिपय देशमा परीक्षण दर मापन थोरै छ । जसले गर्दा अतिरिक्त मृतकको संख्या लाखौंमा हुनसक्ने विज्ञको दाबी छ । सिटलस्थित यूनिभर्सिटी अफ वाशिंगटनको ‘इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएशन’का निर्देशक डा. क्रिष्टोफर मुर्रेका अनुसार अधिक मृत्युको विश्लेषणले तथ्याङ्कमा समेटिएका मृतकको पाँच भागको एक भाग दर्ता नभएको सुझाउँछ । “हामीले कुल मृतक संख्याको २० प्रतिशत अझै बढी हुनसक्छ ।”–उहाँले प्रष्ट्याउनुभयो ।
“इक्वेडर, पेरु र रुस जस्ता राष्ट्रमा तथ्याङ्कमा समेटिएको भन्दा करिब ३००–५०० प्रतिशत अत्याधिक मृत्यु भएको छ । तर हामी कहाँ स्पष्ट तथ्याङ्क रहेको स्थानमा यथार्थ मृतक औसतमा २० प्रतिशतले बढ्नेछ ।”– डा. मुर्रेले बताउनुभयो ।
महामारी जारी रहेकै बेला खोप अभियान समेत सुरु भइसकेको छ । उक्त अभियान अन्तर्गत विश्वका सबै ब्यक्तिसमक्ष खोप पुग्न वर्षौं लाग्न सक्छ । तर अभियानकै बीच महामारी अझै तीब्र गतिमा फैलिदै गएको छ । मृतकको संख्या सधैंभन्दा बढ्दो छ । कोभिड–१९ महामारीमा सङ्क्रमणबाट पहिलो दश लाख मृतक संख्या पुग्न आठ महिना समय लागेको थियो । तर पछिल्लो दश लाख सङ्क्रमितको मृत्यु पछिल्लो चार महिनाभन्दा कम समयमा भएको छ ।
अमेरिकासहित जर्मनी, स्वीडेन, इन्डोनेसिया, इजरायल र जापान यतिबेला महामारीको सबैभन्दा खतरनाक समयबाट गुज्रिरहेका छन् । पछिल्ला केही साता यता विश्वब्यापी रुपमा कोभिड–१९ को सङ्क्रमण दश करोड पुग्न लागेको छ ।
अमेरिकामा सबैभन्दा बढी मृतक संख्या छ । ब्राजिल, भारत र मेक्सिको त्यसपछि सबैभन्दा बढी मृत्यु हुने राष्ट्रहरु हुन् । विश्वको प्रत्येक कुनामा भाइरसको प्रकोप पुगेको छ । तर विश्वबाट अलग्गिएका केही टापू तथा साना राष्ट्रमा सङ्क्रमणबाट हुने मृत्यु गणना गरिएको छैन  ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?