logo
२०७७ फाल्गुन १९ बुधवार

भारतमा उत्पादित खोप ल्याउने बाटो खुला, निजी क्षेत्रले पनि पाउने

पढ्नै पर्ने |


2021-01-15-30183


केशवराज पौडेल

काठमाडौं, माघ २ गते । भारतमा अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याउने बाटो खुला भएको छ । भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको खोप नेपाल ल्याउन औषधि व्यवस्था विभागले  खोप ल्याउन स्वीकृति दिएको छ । भारतमा अक्सपोर्डले बनाएको सेरम कम्पनीको खोपलाई अनुमति दिएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिनुभयो ।

योसँगै अब नेपालमा कोरोनाको खोप भित्राउने बाटो खुला भएको उहाँले बताउनुभयो । अब यसबाट  सरकार, सरकार सरकारबीच (जीटूजी) माध्यमबाट किनेर ल्याउने र निजी कम्पनीहरुले समेत खोप ल्याउने बाटो खुला भएको केसीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

national-life-insurance