logo
२०८१ बैशाख १३ बिहीवार



तीन लाख तीर्थालुले देवघाटमा गरे पवित्र स्नान

खुला |


तीन लाख तीर्थालुले देवघाटमा गरे पवित्र स्नान



प्रकाशचन्द्र भट्टराई
दमौली, माघ १ गते । माघे संक्रान्तिको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको संगम बेणीमा स्नान गरेका छन् । विहान ३ बजेदेखि भक्तजनहरु बेणीमा स्नान गर्न गएका थिए । टाढाबाट आएका केही भक्तजनहरु राती नै देवघाटमा बास बसी बिहानै नदीमा स्नान गर्न गएका छन् ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी दिर्नेशक धिरणवावु घिमिरेले यस वर्ष तीन लाख भन्दा बढि भक्तजनले बेणी संगममा स्नान गरेका बताउनुभयो । कोरोना भाईरस (कोभिड–१९) को जोखिमको कारण यस वर्ष क्षेत्र विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन । तर पनि स्वतःस्फुर्तरुपमा भक्तजनहरु देवघाटमा स्नान गर्न आएको कार्यकारी निर्देशक घिमिरेले बताउनुभयो ।
देवघाट क्षेत्र विकास समितिले औपचारिक रुपमा मेलाको आयोजना नगरेपनि व्यवस्थित रुपमा स्नान गर्ने व्यवस्था भने मिलाईएको समितिका कार्यकारी निर्देशक घिमिरे बताउनु भयो । घिमिरेका अनुसार विभिन्न उपसमितिहरु गठन गरि मेलालाई व्यवस्थित भने बनाईएको थियो ।
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित त्रिशूली नदी र कालीगन्डकी नदीको संगम वेणीमा बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघेसंक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । नदीमा स्नान गर्न र मेला भर्न आउनेहरुलाई वारपार गर्न त्रिशुली नदीमा २५ वटा ठुला डुङ्गाको व्यवस्था मिलाईएको थियो ।
नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रसका उद्धारकर्ता एवं स्थानीय बोटे समुदायलाई परिचालन गरिएको थियो । शसस्त्र प्रहरी र बोटेहरुले डुङ्गा मार्फत नदीमा यात्रा गरेर स्नान गर्ने भक्तजनहरुको सुरक्षा गर्ने र दुर्घटना भएमा आपतकालिन उद्धारको तयारी गरेका थिए ।
हजारौं सवारी साधनको ओहोरदोहोर हुने भएको हुँदा देवघाट जाने सवारी साधनलाई चितवनको रामनगर, ठिमुरा र दासढुङ्गाबाट जाने व्यवस्था मिलाइएको छ थियो । अाँपटारी हुँदै आउने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक घिमिरेले बताउनुभयो । मुग्लिङ–नारयणगढ सडक खण्डको दासढुङ्गामा पक्की पुल निर्माण भइसकेको हुँदा अधिकांश भक्तजनहरु दासढुङ्गा हुँदै देवघाट गएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?