logo
२०८१ बैशाख ४ मंगलवार

तरुल, पिँडालु, सक्खर र चाकुको व्यापार (फोटोफिचर)

पढ्नै पर्ने |
फोटो फिचर |
समाज |


2021-01-13-30078


गोरखापत्र अनलाइन

काठमाडौं, पुस २९ गते । हरेक चाडपर्वको फरक बिशेषता र महत्व छन् । नेपालीहरुले मनाउने चाडपर्वमा फरक परिकार खाने गर्दछौ । दसैँमा मासुको परिकार र तिहारमा सेलरोटीको महत्व भएझै माघे संक्रान्तिका लागि नेपालीहरुले विशेष खानेकुरा खाने गर्दछन् । माघे संक्रान्तिमा खाइने खानेकुरा तरुल र चाकु हो ।

बिहीबार माघे संक्रान्ति मनाइन्छ । यो पर्वमा प्रयोग गरिने तरुल र चाकुको व्यापार यो साताको सुरुवातबाटै भैरहेको छ । भोलि बिहीबार माघे संक्रान्तिमा अनिवार्य प्रयोग गरिने तरुल र चाकुको व्यापार काठमाडौ लगायत देशैभर भैरहेको छ ।

गोरखापत्रका फोटो पत्रकार सुजन गुरुङले राजधानी काठमाडौँमा माघे संक्रान्तिको पूर्वसन्ध्यामा व्यापारका लागि राखिएका तरुल, पिँडालु,सखरखण्ड, चाकुको फोटो फिचर ।