logo
२०८१ बैशाख १२ बुधवार

एकीकरण पदयात्रबाट फर्किएको टोलीको स्वागत

पढ्नै पर्ने |
राष्ट्रिय |
फोटो फिचर |


2021-01-10-29957
तस्बिर: सुजन गुरूङ्ग


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २६ गते । नेपाल एकीकरणको उद्गमस्थल गोरखाबाट काठमाण्डौसम्म हिडेको नेपाली सेनाको टोली काठमाडौ आइपुगेको छ। सो टोलीलाई आज काठमाडौंको वसन्तपुरमा स्वागत गरिएको छ ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर एकीकरण पदमार्ग निर्माण गरिएको छ । पुस २७ गते सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन काठमाडौं पुग्ने टोलीलाई मंगलबार गोरखा दरबार परिसरमा रहेको हनुमान चौतारीमा एक कार्यक्रम गरी बिदाइ गरिएको थियो ।
टर्च, नेपालको राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुद गण) को झण्डासहित करिब ४० जनाको टोलीलाई बिदाइ गरिएको थियो । सो टोली काठमाडौं आइपुगे पछि गरिएको स्वागतका दृश्यलाई फोटो पत्रकार सुजन गुरुङ्ले क्यामेरामा कैद गर्नुभएको छ ।