logo
२०८१ बैशाख १३ बिहीवार

नागार्जुनको फस्कुमा भेटियो लिच्छविकालीन पहिलो चट्टान अभिलेख

पढ्नै पर्ने |
राष्ट्रिय |
फोटो फिचर |


2020-12-25-29047


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १० गते । नेपालमा पहिलो पटक लिच्छविकालीन चट्टान अभिलेखहरु भेटिएका छन् । काठमाडौको भित्री शहरदेखि करीव १२ कि.मि पश्चिम, नागार्जुन नगरपालिका फस्कु लुपाड्ड स्थित सातकन्या माई तथा पञ्चकन्या मन्दिरको परिसरमा प्राचीन इतिहास प्रकाश पार्ने लिच्छवि लिपि अंकित चट्टान अभिलेखहरु र प्राग् इतिहास प्रकाश पार्ने मानव निर्मित चट्टान चित्रहरु समेत भेटिएका लिपि लिपिविद श्यामसुन्दर राजबंशीले बताउनुभयो ।
केही वर्षअघि भक्तपुर ताथलीमा मध्यकालीन लिपि अंकित चट्टान अभिलेख भेटिएको र त्यसले निक्कै चर्चा पाएको थियो । अहिले काठमाडौं मै प्राचीन लिच्छविकालको लिपि अंकित चट्टान अभिलेखहरु भेटिएको जानकारी प्राप्त भएको यो प्रथम पटक हो ।
राष्ट्रिय अभिलेखालयको अभिलेख संकलन कार्यक्रम अन्तर्गत पुरातत्वविद् प्रकाश दर्नालको नेतृत्वमा लिपिविद् श्यामसुन्दर राजवंशी तथा अन्वेषक कुलनाथ केसीको अध्ययन टोलीले स्थानीय भीमवरसिंह थापा, सुरेन्द्रवरसिंह थापा एवं गोकुल बुढाथोकीको सहयोगमा ती अभिलेखहरु भेटिएका हुन् ।
उमागाउँ सातकन्या माइको दक्षिणमा रहेको घाटमन्दिर संगैको चट्टान अभिलेख सो चट्टान अभिलेमा ती र पा ल स्वा मि न –तीरपाल स्वामी भनी व्यक्तिको नाम रॐ सम्वत २९४ १ पशुपति भट्टारक ः चन्द्रेश्वर कारिक मिति ः णायक ः लेखिएको छ ।
सो अभिलेखको भावार्थ अनुसार प्राचीन नेवारी लिपिमा नेपाल संवत् २९४ ( तद्नुसार सन् ११७३) नायक चन्द्रेश्वरद्वारा पशुपति भट्टारक भनेर यहां शिव स्थापना गरेको भनी अर्थ लाग्दछ ।
त्यस्तै पञ्चकन्या मन्दिरको केही पूर्वको चट्टान अभिलेखहरुमा ना य क दी ना र व म्र्म ण (नायक दीनार वर्मा भनेर, ॐ रा ज ते जि भा ल गू प्त ( राजा तेजि भाल गुप्त) र ॐ दी ना र व र्मा ( दीनार वर्मा ) लेखिएको छ ।
साथै अभिलेखमा पि ङ्कु जि ङ्का उल्लेख छ यसले स्थानको नाम जनिन्छ संभवतः हाल फस्कु भन्ने ठाउको नाम पनि यही पिङ्कुजिङ्का को अपभ्रंस हुंदै हुंदै यो अवस्था आएको हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । )
यी अभिलेख सामग्रीले नेपालको प्राचीन इतिहास मात्र होइन प्राग इतिहास को खोज तथा अध्ययन अनुसन्धानमा समेत थप मार्ग प्रशस्त हुने आशा र विश्वास गर्न सकिने लिपिविद्
श्याम सुन्दर राजबंशीको छ ।