logo
२०८१ बैशाख १३ बिहीवार

प्रकृति र ग्रामीण जनजीवनको संगम रुबी भ्याली (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |


2020-12-23-28898
तस्बिरः सागर बस्नेत / गोरखापत्र अनलाइन


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ८ गते । गणेश हिमालको काखमा पर्ने रुबी भ्याली अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकको भीडभाडभन्दा फरक स्थानीय जीवन शैली र तामाङ, मगर र गुरुङ् समुदायको जनजीवन र संकृतिलाई नजिकबाट हेर्न चहाने पर्यटकहरुका लागि यो क्षेत्र निकै आकर्षक मानिन्छ । रुबी भ्याली भन्नाले गणेश र मनाश्लु हिमशृङ्लाको बीचको क्षेत्रलाई पनि बुझने गरिन्छ
रुबी भ्यालीको पदयात्राका लागि विभिन्न स्थानबाट यात्रा शुरु गर्न सकिन्छ । यसका लागि काठमाडौंबाट करिब १५० किलोमिटरको दूरीमा रहेको स्याफ्रुबेसीबाट पदयात्रा शुरु गर्न सकिन्छ । यसबाहेक धादिङबेसीको दुन्दुरे खोलाहुँदै तथा नुवाकोटको भल्चेबाट पनि पदयात्रा शुरु गर्न सकिन्छ ।
स्याफ्रुबेसीबाट शुरु भएको यात्रा सोमदाङ, पाङसाङ टिप्लिङ हुँदै धादिङ बेसी पनि निस्कन सकिन्छ यो क्षेत्रमा भरखरैमात्र पर्यटकको आँखामा पर्न थालेकाले यहाँ पर्याप्त मात्रामा पर्यटकीय होटल तथा पूर्वाधारहरु तयार भएका छैनन् । कतिपय स्थानमा स्थानीयले चलाएका होम स्टे (घरबास)मा नै पर्यटकले बस्नुपर्ने अबस्था छ । सो क्षेत्रको मनारम भूदृश्य र जनजीवनलाई फोटोपत्रकार सागर बस्नेतले क्यामेरामा कैद गर्नुभएको छ ।