logo
२०८१ बैशाख १२ बुधवार



सामूहिक कृषि कर्ममा रम्दै कुविण्डेका युवा

पढ्नै पर्ने |
समाज |


सामूहिक कृषि कर्ममा रम्दै कुविण्डेका युवा



बिदुर आचार्य
चौतारा, मंसिर १८ गते । बैदेशिक रोजगारीबाट फर्किएका चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेका युवा सामूहिक कृषि कर्ममा जुटेका छन् । नयाँ पुस्ताका युवाले कृषिकर्मलाई बेवास्ता गरिरहेको समयमा कुबिण्डेका युवा सामूहिक रुपमा नै कृषि पेशा तर्फ आकर्षित भएका हुन । कुविण्डेका तीनजना युवा मिलेर करिब पौने करोड लगानीमा सामूहिक भैंसीपालन र तरकारी खेतीमा जुटेका छन् । बैदेशिक रोजगारीबाट फर्किएर आफ्नै भूमिमा आत्मनिर्भर बन्ने अभ्यास सुरु गरिएकोमा अहिले राम्रो आम्दानीको स्रोत आफ्नो कृषि फर्म भएको उहाँहरुले बताउनुभएको छ ।
‘हामीले विदेशमा हुँदै नेपाल फर्किएर कृषि कर्ममा जुट्ने योजना बनाएका थियौ ।’ उद्यमी कुमार सापकोटा र माधबराज गिरीले भन्नुभयो । ‘विदेशमा गरे जति दुःख यहाँ छैन, तर आम्दानी राम्रो छ ।’ गिरीले सुनाउनुभयो । स्वदेश फर्किएका पछि गाउँमै कुखुरापालन व्यवसाय गरिरहेका टोपनाथ सापकोटालाई समेत सामेल गराई कृषि पेशालाई अझँै वृहत्त बनाएर अगाडि बढेको उहाँहरु बताउनुहुन्छ ।
‘गत बर्षको पुष महिनाबाट सिन्धु–कुविण्डे कृषि फर्म दर्ता गरी ११ वटा भैंसी पाल्न सुरु गरिएकोमा यो वर्ष ४० वटा भैंसी पु¥याउने लक्ष्यकासाथ अगाडि वढ्यांै । निरन्तर सफलता हात लागेको छ ।’ सापकोटाले भन्नुभयो । फर्मलाई रिसर्च सेन्टर बनाउने योजनामा उहाँहरु रहनुभएको छ ।
आफ्नै जग्गासहित भाडामा लिएको करिब एकसय रोपनि जग्गामा तरकारी खेतीसँगै विकासे घाँस समेत लगाएका छन् । परम्परागत खेती प्रणालीबाट अगाडि उठ्दै व्यवसायिकरुपमै कृषि पेशामा लागेको सञ्चालक टोपनाथ सापकोटाले बताउनुभयो ।

फर्ममा उत्पादन भएको करिब एक सय ५० लिटर दुध जिल्ला सदरमुकाम चौतारामा बिक्री गर्दै आएका छन् । आफैँले बजारमा लान थालेपछि भने राम्रो कमाई हुन थालेको अर्का सञ्चालक सापकोटाले बताउनुभयो । फर्ममा चार जनाले पूर्णकालीन रोजगारी पाएका छन् । हामीले फर्म संचालन गरेर अन्य बेरोजगारलाई समेत अल्पकालिन रोजगार दिन सफल भएको सापकोटा बताउनुहुन्छ । ‘मल पनि किन्न नपर्ने र जग्गा पनि प्रशस्त भएकाले भैंसी पालनसँगै तरकारी खेती पनि गरेका छौं’, सापकोटाले भन्नुभयो । काउली, साग, धनियालगायतको तरकारी फर्ममा उत्पादन भइरहेको उहाँले बताउनुभयो ।
युवा उद्यमीले सुरु गरेको भँैसीफर्म

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?