logo
२०८१ बैशाख १३ बिहीवार



नवदम्पती र गर्भधारण गर्नेलाई शुभकामना कार्ड

पढ्नै पर्ने |
खुला |
समाज |


नवदम्पती र गर्भधारण गर्नेलाई शुभकामना कार्ड



जयकृष्ण यादव
इनरुवा, मंसिर १४ गते । सुनसरीको कोशी गाउँपालिकामा विवाह गर्ने र गर्भधारण गर्ने दम्पतीलाई शुभकामना कार्ड दिइने भएको छ । कोशी गाउँपालिकाले प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुण फाउण्डेसन नेपालको सहयोगमा विवाह गर्ने नवदम्पतीलाई विवाहको शुभकामना र गर्भवती भएकी महिलालाई गर्भमा रहेको बच्चाको सुस्वास्थ्यको कामनासहित दम्पतीलाई शुभकामना कार्ड दिने भएको हो ।

अपाङ्गता
गाउँपालिकालाई अपाङ्गमैत्री र अपाङ्गता भएका व्यक्ति मुक्त गाउँ बनाउने अभियान अन्तर्गत गर्भमा रहेका बच्चा स्वस्थ राख्न र अहिले रहेका वा भएका अपाङ्गता भएकाहरुलाई अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले जानकारी दिनुभयो ।
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत आइतबार कोशी गाउँपालिका १ लौकहीमा सामुदायमा आधारित अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक राजकिशोर मेहताले जानकारी दिनुभयो ।
मेहताका अनुसार मंसिर १५ गतेबाट गाउँपालिकाको कुनै पनि उमेर पुगेको विवाह गर्ने दम्पती र गर्भवती भएको महिलाले स्वयंसेविका मार्फत गाउँपालिकाको अपांगता रोकथाम तथा पूरस्थापना कार्यक्रमको शुभकामना कार्ड पाउनेछ ।
त्यसका लागि पालिकाभरीका ८७ जना स्वयंसेविका र अनमीहरुलाई मोबाईल उपलब्ध गराउनेदेखि वडा वडामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्न लागेको मेहताले बताउनुभयो ।
कार्यक्रमबाट नवदम्पतीदेखि गर्भवतीसम्म र अपाङ्गता भएर उपचार नपाएकासम्मले लाभ लिन पाउने भएको मेहताको भनाइ छ । लौकहीमा आइतबार अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम कोशी १ का वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?