logo
२०८१ बैशाख ११ मंगलवार



म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ६ जना घाइते

फिचर |
पढ्नै पर्ने |


म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ६ जना घाइते
सांकेतिक तस्बिर


अमृतप्रसाद पौडेल
बेनी, मंसिर १४ गते । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, को काफलचौर जीप (बोलेरो) दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार प्रदेश २–०३, ००१ च ०२५२ नम्बरको बोलेरो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । भर्जुलादेखि ताराखेततर्फ आउँदै गरेको गाडी ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना भएको थियो । दुर्घटनामा ११ वर्षीया करिस्मा केसीको घटनास्थलमै मृत्यु भएको स्थानीय युवा ध्रुव जिसीले बताउनुभयो ।
मृतक केसी चालक खुमबहादुर कटुवालकी छोरी हुन् । दुर्घटनामा घाइते चालकसहित छ जनालाई थप उपचारका लागि बेनी अस्पतालतर्फ ल्याउँदै गरिएको जिसीले बताउनुभयो । दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकासहित प्रहरीको टोली पुगेको थियो । चालक कटुवालले तीन महिना अगाडि मात्रै गाडी किन्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?