logo
२०८० चैत्र १६ शुक्रवार

नाकामा भारत जानेको भीड,दैनिक सरदर तीन हजार बाहिरिन्छन्

प्रदेश |
पढ्नै पर्ने |
फोटो फिचर |


2020-11-28-27301


गोविन्द शर्मा
बाँके, मंसिर १३ गते । कोभिड–१९ को सङ्क्रमण बढेपछि भारतका विभिन्न शहरबाट फर्केका नेपालीहरु फेरि समूहमा भारत जान थालेका छन् ।
औपचारिक रुपमा सीमा नाका खुला नभए पनि नेपालगञ्जस्थित जमूनाह नाका भएर दैनिक दुई हजारदेखि तीन हजार ५०० को सङ्ख्यामा नेपालीहरु भारतका विभिन्न शहरका लागि प्रस्थान गरिरहेका छन् ।

भारतबाट फर्केको लामो समय भएपछि अहिले फेरि फर्कनुपर्ने बाध्यता भयो, जमूनाह नाकामा भेटिनुभएका सुर्खेत सिम्ताका यामबहादुर थापाले भन्नुभयो,– रोजगारीका लागि भारत जानुपर्ने भएपछि यहा आईपुगेका छौं ।

सीमा नाकामा यसरी भारत जानेहरुमा महिला र बालबालिका समेत  छन् । कतिपय महिलाले काखमा नवजात शिशु समेत बोकेका छन् । इलाका प्रहरी कार्यालय जमूनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक बिष्णु गिरीका अनुसार तिहार सकिएपछि भारत जानेहरुको सङ्ख्या बढेको छ । भारतबाट दैनिक चारसयको सङ्ख्यामा मात्रै नेपालीहरु भित्रिने गरेका छन् । भारत जानका लागि सीमामा विहानैदेखि नेपालीहरुको लाम लाग्ने गरेको छ ।
कोभिड–१९ को जोखिम बढेपछि चैत १० गतेदेखि नेपाल–भारतस्थित जमूनाह नाकामा अत्यावश्यक बाहेकको आवागमन बन्द छ । सुरक्षा निकायले अत्यावश्यक कामका लागि नेपाल र भारत दुबैतर्फ जान दिईरहेका छन् । भारतमा रोजगारीका लागि जानेहरुलाई पनि जान दिइएको छ ।