logo
२०८० चैत्र ६ मंगलवार



प्रशंसाको पात्र बन्दै नरभक्षी चितुवा समाउने ‘बाघ बाजे’

फिचर |
पढ्नै पर्ने |


प्रशंसाको पात्र बन्दै नरभक्षी चितुवा समाउने  ‘बाघ बाजे’


अमरराज नहर्की
तनहुँ, मङ्सिर १२ गते । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारका ७८ वर्षीय हरिभक्त ढकालको चिन्ने नाम फेरिएको छ । उहाँको नाम लिएर भन्दा पनि ‘बाघ बाजे’ भनेर सोध्ने हो भने भानुमा सबैले चिन्छन् ।
भानु नगरपालिका क्षेत्रमा नरभक्षी चितुवाले मान्छेलाई आक्रमण गर्न थालेपछि आतङ्कित भईरहेको बेला उहाँले बनाएको काठको परम्परागत खोरमा चितुवा परेपछि नाम भन्दा पनि ‘बाघ बाजे’ भन्ने उपनामले प्रख्यात हुनु भएको हो । फलामे खोर राख्ने, नरभक्षी चितुवालाई गोली हानेर मार्ने आदेशपछि हतियारसहित सुरक्षाकर्मी परिचालन गर्दा समेत चितुवालाई नियन्त्रण लिन नसकेको बेला ढकालले बनाएको पासोमा चितुवा परिरहेकाले चर्चामा आउनु भएको भानु नगरपालिकाकी उपप्रमुख आशा थापा बताउनुहुन्छ ।
नरभक्षी चितुवाले वस्तीमा मान्छेलाई आक्रमण गरेर आतङकित भईरहेको बेला ढकालले निर्माण गरेको पासोमा बिहीबार फेरि चितुवा परेपछि उहाँको प्रशंसाको उचाइ झन् चुलिएको हो । ढकाललाई यतिबेला बधाई थाप्न भ्याई नभ्याई छ । ‘ढकालले निमार्ण गरेको पासोमा चितुवा परेपछि बिहीबारदेखि नै बधाई दिनेको भीड बढिरहेको छ, सोही ठाउँ निवासी सञ्चारकर्मी मनोजकुमार श्रेष्ठले भन्नुभयो, आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भने जस्तै पुराना कुरा र सीप अहिले काम लागेको छ ।’
ढकालले निर्माण गरेको पासोमा गत वर्ष असोज १६ गते ३ नम्बर डा स्थित देउराली सामुदायिक वनमा, कात्तिक २७ गते १ नम्बर वडा स्थित भिमसेन थुम्की सामुदायिक वन र मङ्सिर ८ गते २ नम्बर वडा स्थित मजुवा ओख्ले सामुदायिक वनमा काठको प्रयोग गरी बनाईएको परम्परागत खोरमा बाख्रा राखी थापिएको पासोमा चितुवा परेको डिभिजन वन कार्यालयले जनाएको । यसैगरी यो वर्ष बिहीबार ढकाल बनाएको मजुवा ओग्ले सामुदायिक वनमा चितुवा पासोमा परेको थियो ।
६ वटा चितुवा आफूले बनाएको खोरमा परेको ढकालले जानकारी दिनुभयो । दुई जना सहयोगी भए १० दिनमा काठबाट चितुवाको खोर निर्माण गर्न सकिने निमार्णकर्ता ढकाल बताउनुहुन्छ । भानु नगरपालिकाको जस्तै वैतडी र अर्घाखाँचीमा नरभक्षी चितुवाको आतङ्क पैmलिरहेको र त्यहाँ पनि खोर बनाउन पठाउनु प¥यो भनेर माग आईरेको पनि कोरोनाको सङ्क्रमणले जान नसकेको उहाँ बताउनुुहुन्छ । वनमा वस्ने चितुवा आहारा खोज्न मानव वस्तीमै पुग्न थाले पछि आतङ्कित बनेका भानु नगरवासीवासीहरु फेरि चितुवा पासोमा परेपछि राहत महसुस गरेको र खोर बनाउने बुबालाई सबैले प्रशंसा गरेको भानु नगरपालिकाका मेयर उदयराज गौलीले बताउनुभयो । चितुवालाई पासोमा पर्न सफल भएको भन्दै उहाँलाई हौंसला प्रदान गर्न भानु नगरपालिका र डिभिजन वन कार्यालयले सयुक्त रुपमा गतवर्ष मङ्सिर १ गते १० हजार नगद, दोसल्ला , प्रमाणपत्र सहित सम्मान गरिएको मेयर गौलीले जानकारी दिनुभयो ।
नरभक्षी चितुवाको आतङ्कले विर्सिएको कुरा सम्भिएँ ढकालले भन्नुभयो –सफल होला कि भनेर खोर बनाएको सफल भयो’ । भानु नगरपालिकाकै भकुन्थोक र नागनागिनीमा २०२३ सालमा बच्चा खाएपछि मैलै बनाएको खोरमा चितुवा परेको थियो त्यसपछि मानविय क्षेती भएको थिएन, धेरै वर्षपछि हाल आएर नरक्षीभक्षी चितुवाले आतङ मच्चाएकोले खोर बनाए’ ढकालले भन्नुभयो । मान्छे मार्ने तथा आफ्नो पनि लैनो भैंसीको पाडो र,गाई खाई दिएपछि गाउँमा अरुले बनाएको देखेर बनाएको र आपूmले बनाएको परम्परागत पासोमा चितुवा परेको ढकालले जानकारी दिनुभयो । घरमै आएर चितुवाले मानव माथि आक्रमण गर्ने गरेकोले घरबाट बाहिर निस्कन डराईरहेकोले चितुवा पासोमा परेपछि सन्तोषको श्वास फेर्न पाएको भानु नगरपालिका–१ साँखेटारकी मनिता गुरुङले भन्नुभयो । साथै उहाँ नेपाल सरकार र प्रदेश सरकारले पनि बुबालाई सम्मान गर्नु पर्ने बताउनुहुन्छ । बृद्धा ढकालले खोर बनाएको १४ दिन पछि चितुवा पासोमा पार्ने काममा सफलता मिलेको भानु नगरपालिकाले जनाएको छ । भानु नगरपालिकामा मात्रै नरभक्षी चितुवाको आक्रमणबाट नरभक्षी चितुवाले २०७४ फागुन १ गते भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कार्तिक २९ गते जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १९ गते ढल्केबरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते भकुण्डेथोकका ९ वर्षीया पुष्पा अधिकारी र असोज २१ गते जामुनेगैह्रा, भन्सारका ३ वर्षीय आशिष बानिया र कात्तिक ११ गते २ नम्बर वडाका ७ वर्षिय रितिक रोकाको गरी ६ जनाको मृत्यु भईसकेको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटले जानकारी दिनुभयो । तनहुँका नरभक्षी चितुवाको विगीलाई रोक्न सकिएको छैन । डेढ वर्षको अवधिमा १० जनाको मृत्यु भईसकेको छ भने ६ जना घाइते भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?