logo
२०८१ बैशाख ६ बिहीवार



नियम पालना नगरे नयाँवर्षमा लकडाउन गर्ने बेलायतका प्रधानमन्त्रीको चेतावनी

अन्तर्राष्ट्रिय |


नियम पालना नगरे नयाँवर्षमा लकडाउन गर्ने बेलायतका प्रधानमन्त्रीको चेतावनी
तस्विर-डेली मेल


लन्डन, मंसिर १२ गते।
प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गर्नुभएको छ ।
उहाँले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराउनुभयो । ती नियमहरुलाई हामीले राम्रोसँग पालना गरौँ र यदि सरकारले बनाएका ती नियम र विधिहरुलाई नमान्ने अवस्था आयो भने त्यसबाट हामी आगामी नयाँ वर्षको समयमा पुनः अर्को लकडाउन गर्न बाध्य हुनेछौँ भन्नुभएको छ ।
नयाँवर्षको अवसरमा बेलायतका नागरिकले हाल सरकारले बनाएका नियमहरुको उल्लंघन गर्ने काम भयो भने सरकारले फेरि अर्को प्रकारको लकडाउन पनि गर्नसक्ने उहाँले बताउनुभएको हो ।
पत्रकार सम्मेलनका क्रममा उहाँले बिहीबार सो कुरा बताउनुभयो । उहाँले महामारी बढिरहेका बेला हाल नयाँ हिसाबले बेलायतको सरकारले नियमहरु बनाएकोले त्यसलाई पालना हुन नसकेको पनि सो अवसरमा बताउनुभयो । उहाँका अनुसार अहिलेको अवस्थामा नागरिकले नियमको पालना गरेनन् भने त्यसले आगामी दिनमा थप समस्या ल्याउने र यदि त्यस्तो अवस्था आउने देखियो भने नयाँ वर्षको अवसरमा देशव्यापी रुपमा लकडाउन गर्नुपर्ने पनि हुनसक्ने उहाँको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?