logo
२०८१ बैशाख ५ बुधवार



एउटा अझै कोभिड प्रोटोकल उल्लघंनले भ्रमण टोली डिपोर्ट गरिने

खेलकुद |


एउटा अझै कोभिड प्रोटोकल उल्लघंनले भ्रमण टोली डिपोर्ट गरिने
तस्विर-गेट्टी इमेजेज


ग्गोरखापत्र अनलाइन
कठमाडौं, मंसिर १२ गते । न्युजिल्याण्ड सरकारले पाकिस्तान क्रिकेट बोर्डका कार्यकारी प्रमुख वसिम खानलाई कोभिड प्रोटोकलको अझ एउटा उल्लघंनले भ्रमण टोलीलाई डिपोर्ट गर्ने चेतावनी दिएको छ । पाकिस्तान क्रिकेट बोर्डका कार्यकारी प्रमुख वसिम खानले भ्रमण टोलीका सदस्यहरुलाई पठाउनुभएको सन्देशमा डिपोर्ट गरिनु लाजमर्दो हुने बताउनुभएको छ ।
न्युजिल्याण्ड भ्रमणमा पाकिस्तान क्रिकेट भ्रमण दलका छ जना सदस्यहरुमा न्युजिल्याण्ड पुगेको दुई दिनभित्र कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको थियो । पाकिस्तान क्रिकेटका कार्यकारी प्रमुख वसिम खानले भन्नुभएको छ, “कोभिड प्रोटोकल उल्लघंनका तीन चारवटा घटना न्युजिल्याण्ड सरकारले फेला पारेको छ, कोभिड प्रोटोकलबारे उनीहरु शून्य सहनशीलताको नीति नपाएका छन्, अझै एउटा उल्लघंनको घटना भए डिपोर्ट गर्ने चेताबनी दिएका छन् ।”
उहाँले राष्ट्रिय सम्मान र विश्वासको विषय भएकोले १४ दिनको क्वारेन्टिन राम्ररी पूर्ण अनुशासनको पालना गरेर बिताउन आग्रह गर्नुभएको छ । क्वारेन्टिनमा बसिसकेपछि रेष्टुरेन्ट जान र घुमफिर गर्न पूर्ण स्वतन्त्रता हुने उहाँले भ्रमण टोलीका सदस्यहरुलाई विश्वास दिलाउनुभएको छ ।
पाकिस्तान क्रिकेट टोलीले न्युजिल्याण्डमा तीन टी ट्वान्टी र दुई टेष्ट म्याच खेल्नेछ । पाकिस्तान क्रिकेट टोली न्युजिल्याण्ड सरकारको अनुमतिले विशेष विमानबाट अकल्याण्ड अवतरण गरेको थियो । अकल्याण्डमा अवतरण गरेपछि टोलीलाई क्राइस्टचर्चमा बस्ने व्यवस्था गरिएको थियो । न्युजिल्याण्ड अवतरण गर्ने बित्तिकै गरिएको स्वाब परीक्षण भ्रमण दलका छ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । पाकिस्तान क्रिकेट बोर्डले भने लाहौरबाट प्रस्थान गर्दा भ्रमण टोलीको कुनै सदस्यमा सङ्क्रमण नरहेको प्रष्ट्याएको छ । न्युजिल्याण्ड सरकारले उक्त घटनाको छानबिन गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?