logo
२०८१ बैशाख ७ शुक्रवार



बागलुङका घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

पर्यटन |


बागलुङका घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो


नवीन शिशिर विक
बागलुङ, मंसिर १२ गते । लामो समयको बन्दाबन्दीले थला परेका बागलुङका घसबास (होमस्टे) व्यवसायिक गति लिन थालेका छन ।
सार्वजनिक यातायात संचालनमा आए पछि पर्यटकीय क्षेत्र घुमफिरको लागि जाने आन्तरिक पर्यटकको रोजाइमा घरवास पर्न थाले पछि करिब ७ महिना पछि होमस्टेले पाहुनाको स्वागत गर्न थालेका हुन् ।
गत चैत्रको पहिलो सातादेखि सुनसान रहेका ‘होमस्टे’मा असोजको अन्तिम सातादेखि पाहुन चहल पहल बढेको गल्कोट नगरपालिका–६ भुजुङ्गेमा संचालित स्टोन भिलेजका सञ्चालक कमला श्रीसले बताइन् ।
‘अहिले दैनिक रुपमा पाहुनहरु आउन थाल्नुभएको छ’ उहाँले भन्नुभयो–‘हिमश्रृङखला लगायतका पर्यटकीय सथलको अवलोकन गरेर वासबस्ने आउनेको संख्या बढी छ । हाल दैनिक ५/७ जना पाहुन आउने गरेको उनले बताइन् ।
स्वास्थ्य सुरक्षा मापदण्डसहित आउने पाहुनाहरलाई खाना बस्नको लागि निषेध गरेको अतिथी सत्कार होमस्टेका संचालक खिम थापाले बताए । ‘औपचारिक रुपमा पाहुन बोलाएका छैनौँ’ उहाँले भन्नुभयो–‘विगतमा जस्तो, स्वागत, विदाई र साँस्कृतिक कार्यक्रम नगरेपछि खाना बस्नलाई समस्या छैन ।’
गाउँमा स्थानीय जातका कुखुरा, मकै, कोदो, भटमास, गुन्द्रुक, फापर जस्ता स्थानीय उत्पादन तयारी अवस्थामा छन । बागलुङ बजारदेखि नजिकको दुरीमा रहेको अतिथि सत्कार होमस्टेमा विदेश तथा काठमाण्डौ, पोखरा, चितवन, म्याग्दी, पर्वतलगायतका जिल्लाबाट भकुण्डबाट देखि देखिने मनोरम हिमश्रृखलाको दृष्य अवलोकन गर्न आउने गर्छन् ।
भकुण्डेको उच्च पहाडी भागमा निर्माण भएको भ्यु टावरबाट बागलुङ जिल्लाका डाँडाकाँडा साथै माछापुच्छे, धौलागिरी, अन्नपूर्ण, नीलगिरी, मनास्लु, लगायतका हिमश्रृङखला अवलोकन गर्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?