logo
२०८० चैत्र १६ शुक्रवार



जनताको चाहना अनुसार नै ओली पाँच वर्ष प्रधानमन्त्री

राष्ट्रिय |


जनताको चाहना अनुसार नै ओली पाँच वर्ष प्रधानमन्त्री


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ११ गते । शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पुरा हुने बताउनुभएको छ । बिहिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा फोकस नेपालले आयोजना गरेको कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भुमिका विषयक अन्तरक्रियामा मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्ध नेपाल निर्माण हुने बताउनुभएको हो ।

मन्त्री मानन्धरल प्रजातन्त्र स्थापनापछिको ७० वर्षे कालखण्डमा पहिलो पटक सबैभन्दा शक्तीशाली सरकार बनेको बताउँदै प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुन नसक्ने बताउनुभयो । जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउन नेकपालाई जिम्मा दिएको बताउँदै आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिवद्धता अनुसार वर्तमान सरकारले काम गर्ने बताउनुभयो ।

जनताले पाँच वर्षका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनाउने अभिमत दिएको बताउँदै मन्त्री मानन्धरले जनमतको अवमुल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताउनुभयो । सत्तारुढ नेकपामा देखिएको विवाद समाधानका लागि शिर्ष नेताहरु लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्नेगरी निर्णय आउने मन्त्री मानन्धरले दाबी गर्नुभयो ।

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने बताउँदै मन्त्री मानन्धरले अत्तालिनुपर्ने अवस्था नरहेको दाबी समेत गर्नुभयो ।जनताले महसुस गर्नेगरी काम भइरहेको बताउँदै मन्त्री मानन्धरले ठुला परियोजनाहरुको निर्माण लागि सरकारको काम गरिरहेको उहाँले बताउनुभयो । मन्त्री मानन्धरले कोरोनाका कारण विकासमा केही बाधा देखिए पनि अब निरन्तर काम हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?