logo
२०७७ माघ ५ सोमवार

‘सुरुका दिनमा चिया रोप्दा धेरैले हाँसाेमा उडाए’

पढ्नै पर्ने |
अर्थ |


2020-11-26-27156


हरिप्रसाद कोइराला
सिंहदेवी (मोरङ), मङ्सिर ११ गते । चियाको व्यावसायिक खेती भन्नेबित्तिकै आम नेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । तर सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवी (केराबारी–२) मा २०५५ देखि स्थानीय नारायण राईले सुरु गर्नुभएको चियाखेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ ।
विकासको कुनै पूर्वाधार नभएको बेला २२ वर्ष अघि राईले ५० रोपनीमा सुरु गर्नु भएको चिया खेती हाल २५० रोपनीमा विस्तार भएको छ । गाउँमा ब्यावसायिक कामको कुनै सम्भावना नभएको बेला चियाखेतीमा लाखौं रुपियाँ खर्चिनु भएका राई बल्ल लगानीबाट चित्त बुझ्न थालेको बताउनुहुन्छ । बैदेशिक रोजगारमा ओमन पुगेर ११ वर्ष कमाएको सबै आर्जन उहाँले चिया खेतीमा लगाउनुभएको छ । लेटाङ बजारमा उहाँको सुविधासम्पन्न घर छ । त्यँही बसेर ब्यवसाय गर्न सकिने प्रशस्त सम्भावना थियो । तर नारायणले गहतसम्म नफल्ने डाँडालाई चियाले हरियो बनाउनुभएको छ । नारायणलाई रात दिन नभनी सहयोग गर्नु हुने उहाँकी पत्नी विना खजुम भन्नुहुन्छ–‘सुरुका दिनमा चिया रोप्दा धेरैले हाँसि उडाए । उराठलाग्दा अनिकाले डाँडामा चिया रोप्दा कहिल्यै खुशी र सन्तुष्टि हुन नसकेको बताउँदै विनाले भन्नुभयो–द्वन्द्वको समयमा सबैलाई मिलाएर काम गर्नै कठिन थियो ।
उहाँको आफ्नो मातृभूमि टि स्टेट कम्पनीले वार्षिक ५ हजार केजी ग्रीनटि उत्पादन गरिरहेको छ । आफ्नै प्रशोधन मेसिनले प्रशोधित ग्रीनटि (हरियो चिया)को माग उच्च भएपनि माग अनुसार उत्पादन गर्न नसकेको सञ्चालिका विना खजुमले बताउनु भयो । चिया बगानमा हाल गाउँ कै ५० जनालाई रोजगार पाएका छन् ।
चिया खेतीमा लगातार लाग्नुभएका राईलाई २०७१ मा सरकारले राष्ट्रपति सम्मानबाट पुरस्कृत ग¥यो । पुरस्कृत भएछि चियाखेतीप्रति उहाँको झनै लगानी र झुकाव बढेको छ । विना भन्नुहुन्छ–‘धेरै जिम्मेवारी थपिएको छ । उहाँ त आजभोलि सामाजिक काम र चिया खेती विस्तारमै ब्यस्त हुन थाल्नुभएको छ ।’ ०७१ मा पुरस्कृत भएपछि उहाँहरूले थप ५० रोपनीमा चिया बिस्तार गर्नुभएको हो । नारायण राईको दम्पतीले चियाबाट चमत्कार देखाएपछि स्थानीय वुद्धमान राई,डकलसिंह राई लगायतका थुप्रै किसानले आफ्नो पाखो बारिमा पैसा फलाउन थाल्नुभएको छ । डकलसिंहले भन्नुभयो– भरखरै सुरु गरेको छु । राम्रो भइरहेको छ ।
उत्तरी मोरङका साविक ८ वटा पहाडी गाविसमध्ये सबैभन्दा दुर्गम गाविस थियो सिंहदेवी । २०६८ सालको जनगणना अनुसार जम्मा २ हजार ४ सय ७८ जनसंख्या रहेको सिंहदेवीमा ५६६ घरधुरी छन् । नारायण राई लगायतका किसानले सिंहदेबीका पाखोवारीमा पैसा फलाउन थालेपछि अहिले तराईबाट सिंहदेबी तिर घडेरी खोज्न जाने क्रम सुरु भएको छ । स्थानीय मनोज अधिकारीले भन्नुभयो –सिंहदेवीमा जेफाल पर्यटन विकास संस्थाको गठनसँगै होमस्टे सुरु भयो । होमस्टे,नगदेबालीको खेतीमा आकर्षण र सडक जोडिएपछि हाल आएर तराईका मानिसहरू यहाँ जग्गा किन्न थालेका छन्।’ उहाँलेसँगै जोडिएको लेटाङ नगरपालिकाको वार्ड नं.१ र ७ का गाउँमा अझै विद्युतीकरण हुन नसकिरहेको बेला सिंहदेवीमा लोडसेडिङ हुँदैन । सडकसँगै विद्युत र पानीको सहज आपूर्ति भएपछि सिंहदेवी र आसपासका गाउँबाट बसाइँ सर्ने क्रम पूरै रोकिएको स्थानी भीमबहादुर ठकुरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?