logo
२०८१ बैशाख ८ शनिवार

मूर्ति बनाएर १५ लाख कमाइ (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2020-11-24-27040


प्रतीक शर्मा
सल्यान, मङ्सिर ९ गते । पढेलेखेका युवा श्रम गर्नेभन्दा सानो भए पनि टेवुल वर्क काम गर्न चाहान्छन् तर स्नातकोत्तर गरेका सल्यान वागचौर ९ कोटमौला युवा टोपेन्द्र डाँगीले मूर्तिकला ब्यवसाय गरेरै वार्षिक १५ लाख रुपियाँ आम्दानी गर्दे आउनुभएको छ । उहाँका अनुसार एउटा मूर्ति १५ हजारदेखि ५० हजारसम्म बिक्री हुने गरेको छ । १५ हजारदेखि ५० हजारसम्म बिक्री गर्दै आइरहेको छु।
उहाले भन्नुभयो सुरुमा आर्ट सम्बन्धी काम गरे पनि सात वर्ष यता शिक्षण पेशा छोडे र मूर्ति बनाउन थालेको हुँ ।
ग्राहकले दिएको तस्विरलाई आकृति मूर्तिको रुपमा उर्तान सक्ने डाँगीको भनाइ छ । सल्यान, रुकुम, जाजरकोट, रोल्पा र दाङ्गवाट विभिन्न मूर्ति,शिलालेख वनाउने अर्डर आउने गरेको छ ।
वागचौरमा टोपेन्द्र कला केन्द्रको रुपमा सञ्चालन ब्यवसायमा दुई जनालाई रोजगारी पाएका छन् । यहाँ काम गर्ने मजदुरले मूर्तिमा रंग लगाउने लगायतका काम गर्ने गरेका छन् । एकराज वलीले गाउँमै रोजगारी पाउदा खुसी भएको बताउनुभयो । उहाँका अनुसार मूर्तिमा रंग लगाउने आदि काम गरेको मासिक २५ हजार पारिश्रमिक पाइन्छ ।